भारतको मुम्बई सहरमा आगलागीबाट बाह्रको मृत्यु


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

भारतको आर्थिक राजधानीको रुपमा रहेको मुम्बई सहरमा अवस्थित एक पसलमा लागेको आगलागीमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले सोमबार जानकारी दिएको छ ।

मुम्बईको खैरानी सडकमा रहेको भानु फरसान नामक पसलबाट सो आगलागी सुरु भएको थियो ।

Major fire breaks out in Mumbai's Khairani road, 12 dead

सो पसलमा लागेको आगो अत्यन्त छिटो फैलिएको र सोही कारण १२ व्यक्तिको दुर्घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस घटनामा घाइते भएका व्यक्तिहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । हैयौँ व्यक्ति नराम्ररी जलेका छन् ।

प्रहरीले आगलागीबाट ध्वस्त भएको यस भवनको भग्नावशेषमा अझै पनि ६ जना व्यक्ति पुरिएको जनाएको छ ।

यहाँका अग्निनियन्त्रणसम्बन्धी सरकारी अधिकारीहरुले आगो अहिले नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

यस घटनाको अनुसन्धान सुरु गर्न सरकारले सम्बन्धित अधिकारीहरुलाई आदेश दिएको छ । मुम्बईमा घर भत्किने, आगलागी हुने घटनाहरु निकै हुने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com