गुजरातमा विजेपीलाई टक्कर दिँदै काँग्रेस


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

भारतमा विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । भारतको हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको छ ।

राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा हिमाञ्चल प्रदेश र गुजरातमा निकै कडा सुरक्षा व्यवस्थाबीच मतगणना सुरु गरिएको बताइएको छ ।

भारतका यी दुई प्रदेशको मतगणना सोमबार बिहानबाट सुरु गर्नेगरी सबै तयारी गरिएको एकजना निर्वाचन अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार यी दुई प्रदेशमा मतगणना गर्न सोमबार बिहान गणनास्थलमा निकै कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मत गणनास्थलबाट प्राप्त पछिल्लो परिणामअनुसार ती दुवै राज्यमा भारतीय जनता पार्टी (विजेपी) ले धेरै स्थानमा अग्रता लिइरहेको छ ।

विजेपीलाई भारतीय राष्ट्रिय काँग्रेसले पछ्याइरहेको देखिएको प्राप्त पछिल्ला समाचार विवरणहरुमा जनाइएको छ ।

तर गुजरातको यस निर्वाचनलाई काँग्रेसले विजेपीलाई टक्कर दिएको रुपमा हेरिएको छ । गुराजत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश हो ।

यहाँ काँग्रेसले दिएको टक्करलाई निकै महत्वाका साथ हेरिएको छ । यसअघिको संसदीय निर्वाचनमा देशभरिबाट बढारिएको काँग्रेसले मोदीको प्रदेशमा दिएको यो टक्करलाई महत्वाका साथ हेरिएको छ ।

मत गणनाको पछिल्लो परिणामअनुसार गुजरातको १८२ स्थानमध्ये विजेपीकै अग्रता छ । उसले १०३ स्थानमा अग्रता लिएको छ ।

साथै उसलाई टक्कर दिइरहेको काँग्रेसले पनि ७७ स्थानमा अग्रता कायम गरेको छ । हुनत काँग्रेस पछि नै छ तर गुजरातमा दिएको यो टक्कर काँग्रेसका लागि ठूलो उपलब्धि भएको विश्लेषकहरुको भनाई छ ।

हालैमात्र भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षमा राहुल गान्धी निर्वाचित हुनुभएको छ । उहाँले पार्टीको नेतृत्व सम्हालेपछिको यो पहिलो निर्वाचन हो ।

त्यसैले कतिपय विश्लेषकहरुले भारतमा काँग्रेसको पुनरागमनको सङ्केत हो पनि भनेका राधजानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

तर यता हिमाञ्चल प्रदेशमा भने काँग्रेसको साख घट्ने देखिएको छ । त्यहाँ विजेपीको ४४ र काँग्रेसको २० स्थानमा अग्रता देखिएको छ । यहाँ ६८ स्थानका लागि निर्वाचन भएको थियो ।

त्यसैले पनि अहिलेकै परिणामहरुले पछिसम्म स्थान पाउने हो भने यस परिणामलाई अनपेक्षित भनिएको छ । यसअघिको परिणामभन्दा काँग्रेसले धेरै स्थानमा विजय हासिल गर्ने देखिएको बताइएको छ ।

तर निर्वाचन सम्पन्न भएपछिका सर्वेक्षणहरुले भने भारतीय जनता पार्टी नै सबैभन्दा ठूलो दलका रुपमा विजय हासिल गर्ने देखाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com