नेपाली टेलिभिजनकै इतिहासमा पहिलो हवाई अन्तरवार्ता केपी ओलीसँग (भिडियो)
प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार
नेपालको एबीसी टेलिभिजनले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग हवाई जहाजमा नै अन्तरवार्ता लिएको छ । अन्तरवार्ता एबीसी टेलिभिजनको चर्चित कार्यक्रम आउटलुकका लागि लिइएको हो । आउटलुक एक्सक्लुसिभ नाम दिइएको सो अन्तरवार्ताको मुख्य भाग बिहिबार बेलुका ९ बजे प्रशारण हुनेछ । अन्तरवार्ताको पूरा भाग भने शनिबार राती ९ बजे प्रशारण हुने जनाइएको छ । अन्तरवार्ता यति एयरलाइन्सको विमानमा लिइएको हो ।
पत्रकार शुभशंकर कँडेलले लिनुभएको सो अन्तरवार्तामा केपी ओलीलाई भावी प्रधानमन्त्री भनिएको छ । अन्तरवार्तामा भावी सरकारको नीति तथा कार्यक्रमबारे प्रश्नहरु सोधिएको छ । भावी सरकारको वैदेशिक नीतिबारे पनि अन्तरवार्तामा प्रश्नहरु सोधिएको छ । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कँडेलले एकबर्षमा केपी ओलीसँग लिनुभएको यो चौथो अन्तरवार्ता हो ।







