घूस माग्ने इन्जिनियरविरुद्ध मुद्दा दायर


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

मंसिर २६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरमा कार्यरत जिल्ला इन्जिनियर केदार शर्मासहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार प्रमुख जिल्ला इन्जिनियर केदार शर्माको निर्देशनमा सोही कार्यालयका लेखापाल केशवराज जोशी, सबइन्जिनियर डण्डीराज पाण्डे, वीरेन्द्रसिंह बडाल र नवीनकुमार दुवैको मिलोमतोमा ठेक्का सदर गर्दा सेवाग्राहीसँग रु ६ लाख नगद र रु १४ लाख ७० हजार बराबरको चेक लिइरहेको अवस्थामा केही दिन पहिले आयोगको टोलीले पक्राउ गरेको थियो ।

आयोगले उनीहरुलाई जनही रु २० लाख ७० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै आज मुद्दा दायर गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com