नेपालमा लगानी भित्र्याउन सेमिनार


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

मंसिर २६, २०७४-नेपाल आर्थिक समृद्धिको बाटोमा उन्मुख भएको बताइरहँदा लन्डनमा व्यापार तथा लगानी विषयक एक सेमिनार हुने भएको छ । लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को संयुक्त आयोजनामा बिहीबार सांझ कार्यक्रम गर्न लागिएको हो ।

बेलायती तथा नेपाली व्यवसायीहरु सहभागी हुने उक्त कार्यक्रममा नेपालमा लगानी र व्यापारका अवसरबारे चर्चा गरिने बिएनसीसी अध्यक्ष राजन कंडेलले जानकारी दिए । सेमिनारमा भारतीय मुलका ब्रिटिश व्यापारीको उल्लेख्य सहभागिता हुने कंडेलले बताए ।

उक्त सेमिनारमा बेलायतको विदेश मन्त्रालय (फरेन एण्ड कमनवेल्थ अफिस) की प्रतिनिधि जेनिफर नेल्सन, बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कँडेल लगायतले कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।

नेपालमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनपछि स्थायी सरकार गठनको मार्ग प्रशस्त भएका बेला वैदेशिक लगानी भित्रयाउने प्रयास स्वरुप हुन लागेको यस सेमिनारमा इच्छुक सबै व्यवसायीलाई आमन्त्रण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com