९२ जनालाई देशनिकाला गरेर छोड्न गएको अमेरिकी विमान बीचैबाट फिर्ता


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

अमेरिकाबाट देशनिकाला गरिएका ९२ जनालाई उनीहरुका देशमा छाड्न इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले चार्टड गरेको विमान सम्बन्धित देशमा नै नपुगी बीचबाटै फिर्ता भएको छ । ९२ जना सोमालीहरुलाई बोकेर सोमालियातिर उडेको बिमान सेनेगलमा अचानक अवतरण गरिएको थियो । बन्दोबस्तीका सामानको समस्याका कारण विमान सोमालिया नपुगी सेनेगलबाटै अमेरिका फिर्ता भएको छ ।

देशनिकाकामा पर्नेहरु कैयन बर्ष अमेरिकामा बसेकाहरु रहेका छन् । कतिपय त एक दशक भन्दा पनि लामो समयसम्म अमेरिकामा बसेकाहरु रहेको न्युयोर्क टाइम्सले जनाएको छ । सेनेगलको डाकारमा आरामका लागि होटल खोजेर बस्नमा समस्या आएपछि विमानका कर्मचारी र देशनिकामा परेकाहरुले विमानस्थलको पार्कमा समय गुजारेका थिए । सेनेगलमा बस्नका लागि होटलको समस्या भएपछि देशनिकालामा परेका ९२ जनासहित विमान अमेरिकामा नै फर्काइएको छ । अब उनीहरुलाई कहिले पठाउने भन्नेबारे केही बताइएको छैन ।

कैयन सोमालियाका नागरिकहरु अमेरिकामा कागजपत्रविहिन हुँदाहुँदै पनि बस्न पाइरहेका थिए किनभने सोमालिया उनीहरुका लागि ट्राभल डकुमेन्ट जारी गर्न मानेको थिएन । तर सन् २०१५ मा वासिंटन डिसीमा खोलिएको दूतावासले ट्राभल डकुमेन्ट जारी गर्न सहमति जनाएपछि देशनिकाला पनि बढेको छ । आर्थिक बर्ष सन् २०१४ मा ६५ जना सोमालीहरुलाई देशनिकाला गरिएकोमा सन् २०१५ मा १२० जना र सन् २०१६ मा १९८ जनालाई देशनिकाला गरिएको छ । सन् २०१७ मा ५२१ जना सोमालीहरुलाई अमेरिकाबाट देशनिकाला गरिएको छ । आर्थिक बर्ष सन् २०१७ मा मात्रै सोमालीहरुलाई देशनिकालाका लागि ५ वटा विमान चार्टड गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com