Follow @khasokhasmag

नारदमुनीलाई मन्त्री बनाउन पहल गर्छुः आरजु देउवा


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

२५ मंसिर,धनगढी । कांग्रेस नेतृ आरजु देउवा राणाले आफूलाई पराजित गर्ने एमाले सांसद नारदमुनी रानालाई मन्त्री बनाउन आफूले पहल गर्ने बताएकी छन् । ५ हजार भन्दा बढि मतान्तरमा नारदमुनीसँग कैलाली ५ मा पराजित भएकी राणाले क्षेत्रको विकास लागि नारदमुनी मन्त्री बन्नुपर्ने बताइन् ।

चुनावमा पराजय भोगेपछि धनगढीमा किनिएको भनिएको नयाँ निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई मतदान गर्ने सबैलाई धन्यावद दिइन् । राणाले नादरमुनी रानाले आफूलाई पराजित गरेपनि यो क्षेत्रको विकासका लागि उनलाई मन्त्री बनाउन आफूले माथि पहल गर्ने बताइन् ।

राणाले आफ्नो पराजयमा जातीय र भेगीय नाराले पनि काम गरेको र कांग्रेसभित्रको अशन्तुष्टि पनि कारक रहेको बताएकी छन् । यसअघि शेरवहादुर देउवाले जितेको सो क्षेत्रमा उपचुनाव जितेका पुष्कर ओझानै आरजुलाई हराउन भूमिका खेलेको आरोप लागिरहेको छ ।

राणाले आफूमाथि क कसले अन्तरघात गरे भन्ने खुलाउन चाहिनन् । बरु चुनाव हारे पनि यहि क्षेत्रबाट भविष्यमा राजनीतिक गर्ने बताइन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com