पुनर्निर्माण सिइओ फेर्न कसरतमा प्रधानमन्त्री


प्रकाशित मिति : आश्विन ६, २०७३ बिहीबार

भूकम्पपीडितलाई राहत वितरण कार्य सन्तोषजनक नभएको भन्दै असन्तुष्ट रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माणका प्राधिकरण प्रमुख कार्यकारी अधिकृतसहित कार्यप्रणाली र संरचनासमेत परिवर्तन गर्ने कसरतमा जुटेका छन् ।

दाहालले त्यसक लागि सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहितका नेताहरूसँग पटकपटक छलफल गरिसकेका छन् ।

‘प्रधिकरणको काम सन्तोषजनक नभएको विषयमा एकमत छ । प्रमुख कार्यकारी मात्रै परिवर्तन गरेर समस्याको समाधान नहुने देखेर संरचना र कार्यप्रणालीसमेत परिवर्तन गर्नेमा एक मत रहेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो,‘अहिलेको संरचनाले प्रभावकारी काम हुन नसक्ने देखिएकाले जिल्लास्तरमै संरचना बनाउने विषयमा छलफल केन्द्रीत छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com