महिला हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन हेल्पलाइन सेवा सुरु


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

मंसिर २४, राष्ट्रिय महिला आयोगले महिला हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउन हेल्पलाइन सेवा सुरु गरेको छ । आयोगले लैगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसर पारेर आइतबारबाट महिला हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउन ११ सय १४ हेल्पलाइन सेवा सुरु गरेको हो ।

मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा आयोगकी प्रवक्ता मोहना अन्सारीले राज्यले हिंसा पीडितलाई संरक्षण गर्न सकेमात्रै महिला हिंसा विरुद्धको अभियान सफल हुने स्पष्ट पारिन् । उनले महिला हिंसा अन्त्य गर्न राज्यले कानुनी र आर्थिक संरक्षण दिनैपर्ने पनि बताइन् ।

कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले संविधानले कुनै पनि खालको हिंसालाई निषेध गरेकाले यसको पालना कडाइका साथ गर्न सरकार गम्भीर हुनुपर्ने बताइन् । उनले महिला हिंसा विरुद्धको अभियानमा सरकार, न्यायपालिका र गैरसरकारी संस्थाहरुले मिलेर काम गर्नुृपर्नेमा पनि जोड दिइन् ।
नेपालमा हाल ६६ प्रतिशत महिलाले शारीरिक वा यौनिक हिंसा भोग्नु परिरहेको सरकारी तथ्यांक छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com