प्रधानमन्त्री पत्नी आरजुलाई हराउँदै एमालेका नारदमुनी राना विजयी


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

-DR Panta

कैलाली क्षेत्र नं ५ बाट उम्मेदवार रहेकी प्रधानमन्त्री पत्नी आरजु राणा भारी मत अन्तरले वामगठवन्धनका एमाले नेता नारदमुनी रानासँग पराजित भएकि छिन ।

वामगठवन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी छन् । प्रधानमन्त्री पत्नी आरजु राणा ४८ सय ८० मत अन्तरले पराजित भएकी छिन् । कैलाली क्षेत्र नं ५ मा ६१ हजार मत खसेका थिए । निर्वाचन कार्यालयले पुरै बिवरण आउन अझै केही समय लाग्ने जानकारी दिएको छ ।

स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा रहेको प्रदेशको एकमात्र उपमहानगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com