चितवनका ३ वटै निर्वाचन क्षेत्रमा वाम गठवन्धनका उम्मेदवारहरुको अग्रता


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

चितवन, २३ मंसिर। चितवनका ३ वटै निर्वाचन क्षेत्रको जारी मतगणनामा वाम गठवन्धनका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ क मा भने कांग्रेस युवा नेता दिनेश कोइराला अगाडि छन् ।
भरतपुरस्थित चितवन माविको भवनमा मतगणना जारी छ । गणनाको प्राप्त पछिल्लो परीणाम अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले कांग्रेसका राजेन्द्र वुर्लाकोटीलाई १ हजार ६४५ मतले पछि पारेका छन् ।
पाण्डेले ४ हजार ५३९ मत ल्याउँदा बुर्लाकोटीले २ हजार ८९४ मत ल्याएका छन् ।


यस्तैं, चितवन निर्वाचन क्षेत्र नम्बर २ मा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले शिक्षा राज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता शेषनाथ अधिकारीलाई पछि पारेका छन् । पोखरेलले २ हजार ९ सय ७७ मत ल्याएका छन् भने अधिकारीको मत १ हजार ३ सय ८३ छ ।
यसैगरी सबैभन्दा चर्चामा रहेको चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता बढाउँदै लगेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com