जन्मस्थलले गुन लगायो योगेशलाई, १२ हजार ५ सय ९१ मतान्तरले विजयी


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, २०७४-यसअघि एमाले सचिव योगेश भट्टराइलाई मानसिक यातना दिन एउटै कुरा गरे हुन्थ्यो ‘निर्वाचन’। निर्वाचन भन्ने शब्दले उनलाई तर्साउथ्यो । राजनीतिक उचाइ लिएर युवा नेताको रुपमा कहलिए पनि भट्टराइलाई काठमाडौंका मतदाताले विश्वास गरेनन् त्यो पनि एक पटक होइन, दुइ पटक । तर, तिनै भट्टराइलाई जन्मस्थलले भने पहिलो पटकमै विजयी गराएर संसद् भवन छिर्ने ढोका खोलिदिएको छ । भट्टराई २९ हजार ४७९ मत ल्याएर विजयी भएका छन् । यो निकटतम प्रतिस्पर्धीभन्दा १२ हजार ५ सय ९१ बढी मत हो ।

प्रतिस्पर्धी कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत ल्याएका छन् । उनलाई शनिबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी घोषणा गरेको थियो ।मैवाखोला गाउँपालिका साविकको साँघु गाविसमा जन्मिएका योगेशले जन्मस्थलमा निम्न माध्यमिक तहसम्मको शिक्षामात्रै हासिल गरे । एसएलसीका लागि संखुवासभाको मादी गए । मावलीमा बसेर पढे र उच्च शिक्षाका लागि राजधानी हानिए । त्यहीबाट राजनीतिक यात्रा सुरु गरेका उनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष भए । हाल एमाले पार्टी सचिव तथा प्रचार विभाग प्रमुख रहेका भट्टराईले जन्मस्थललाई गत वर्षदेखि सम्झिएका हुन् । गत वर्षदेखि ताप्लेजुङको राजनीतिसँग बाक्लैगरी उपस्थित भएका थिए ।

यतिसम्मकी गत मंसिरमा सुकेटार विमानस्थलमा भएको कञ्चनजंघा हिरक महोत्सवमा उनले ताप्लेजुङको विकासको खाका प्रस्तुत गरेका थिए । माओवादीको तर्फबाट तत्कालीन सांसद वाङ्दी शेर्पाले योगेशले के आधारमा विकासको खाका प्रस्तुत गर्ने भनेर विवाद पनि भएको थियो । महोत्सवमा राजनीतिक हिसाबले कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई भट्टराईभन्दा मर्यादाक्रममा दोस्रो स्थानमा राखिएको थियो । कार्यक्रम बनाउने तत्कालीन प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे कारबाहीको सिकार बने र गृहमन्त्रालय तानिए । भट्टराई स्थानीय एफएम रेडियोलाई बाक्लै अन्तवार्ता दिनेगर्थे भने स्थानीय तहको निर्वाचनमा १५ दिन बढी जिल्लाकै गाउँहरुमा भोट माग्न हिँडेका थिए ।

भट्टराईले स्थानीय तहको निर्वाचनपछि आफ्नो नामावली जन्मस्थल साँघुमा सारेका थिए । उनले मुख्य मन्त्रीका लागि जोड गरे पनि त्यहाँ सम्भावना नदेखेपछि प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् । प्रजातन्त्रप्राप्ति पछि नै ताप्लेजुङ बढी कम्युनिष्ट मतदाता भएको जिल्ला हो । निर्वाचन क्षेत्र नम्बर २ मा अहिलेसम्म अरुले जितेका छैनन् । लगातार २५ वर्षदेखि जितेको भन्दै एमालेले गत वर्ष रजत महोत्सव पनि मनाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आङवोहाङको पनि तेस्रो भाग्य  

दुई पटक यही क्षेत्रमा पराजित माओवादी केन्द्रका उम्मेदवार टंक आङवोहाङको तेस्रो पटक भाग्य खुलेको छ । उनले १२ हजार १९८ मत ल्याएर प्रदेशसभामा विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धा कांग्रेसका दिपेन्द्रकुमार सेन्दाङले ७ हजार ५८६ मत प्राप्त गरेका थिए । आङवोहाङले सेन्दाङलाई ४ हजार ६ सय ११ मतान्तरले पराजित गरेका हुन् ।

वाम गठबन्धन नहुँदासम्म उम्मेदवार नबन्ने सोच बनाएका आङवोहाङ गठबन्धनपछि उम्मेदवार बनेका  थिए । २५ वर्षदेखि जितेको ठाउँ माओवादीलाई बुझाएको भन्दै एमाले कार्यकर्ताले सुरुमा आक्रोश पोखेका थिए । तर मत नबिगारेको एमालेका एक जिल्लास्तरीय नेताले बताए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com