लोकमानसँग कुरा मिलिसक्योः प्रधानमन्त्री प्रचण्ड


प्रकाशित मिति : आश्विन ५, २०७३ बुधबार

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीसँग लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउनेबारे कुरा भइसकेको बताएका छन् ।

लाजिम्पाटस्थित दाहालको निजी निवासमा मंगलबार बसेको बैठकमा दाहालले यस्तो कुरा बताएका हुन् । ‘अदालतले कार्कीको नियुक्तिबारे फैसला पुनरावलोकन गर्ने भनेपछि उनले हाम्रोतर्फबाट केही सहयोग होला भन्ने अपेक्षा राखेका रहेछन्, म केही नभनी भारत भ्रमणमा निष्किएपछि ‘अदालतको कुरा मिलाइदिएन’ भन्ने उनको असन्तुष्टी देखियो’, बैठकमा दाहालको भनाइ उदृत गर्दै माओवादी उच्च स्रोतले भन्यो,‘मैले सबै कुरा प्रष्ट बताइदिएको छु। उनले कार्कीको रियलाइज पनि गरेका छन् । अब अख्तियार र पार्टीबीच कुरा मिलिसक्यो भनेर बुझ्नुहोस् ।’

दाहालले अदालत र अख्तियारको पाटोमा के कुराकी हुन्छ भन्नेबारे आफूले बिस्तृतमा चासो राख्न नपाएको पनि बैठकमा बताएका थिए । अख्तियारले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी लडाकु शिविरमा भएको अनियमितता छानविन प्रक्रिया अघि बढाउने निर्णय गर्दै सम्बन्धि पदाधिकारीहरसंग सोधपुछ अघि बढाउने बताएको कान्तिपुरमा खबर छ ।

प्रमुख विपक्षी एमालेको उक्साहटमा अख्तियारले उक्त प्रक्रिया अघि बढाउन खोजेको उल्लेख गर्दै दाहाले त्यसबारे कार्कीसंग कुरा भइसकेको बैठकमा उल्लेख गरेका थिए । दाहाल निकट दुई नेताहरुले एमालेका उच्च तहका नेता र अख्तियार प्रमुख कार्कीबीचको छलफलबाट यस्तो प्रक्रिया अघि बढाउन खोजेको दाबी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com