Follow @khasokhasmag

२७ लाख फिलिपिनी जनता भोकमरी व्यहोर्न वाध्य


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

फिलिपिन्समा करिब २७ लाख फिलिपिनी परिवार अर्थात् ११.८ प्रतिशत जनसङ्ख्याले भोकमरीको समस्या झेल्न वाध्य रहेको विहीबार सार्वजनिक एक अध्ययन पतिवेदनमा जनाइएको छ ।
सर्भेक्षण कम्पनी ‘सोसल वेदर स्टेसन’(एसडब्लयुएस) ले सेप्टेम्बर २३ देखि सेप्टेम्बर २७ सम्म राष्ट्रका सम्पूर्ण भागलाई समेटेर एक हजार ५०० जना वयस्क नागरिकमा गरिएको सर्भेक्षणमा यस अघिका तीन महिनामा गरिएको अध्ययन सर्भेक्षण तथ्याङ्क ९.५ मा २.३ प्रतिशत वृद्धि भएको बताइएको छ । दुई महिना सार्वजनिक गरिएको तथ्याङ्कमा करिब २२ लाख मानिस भोकमरी झेल्न बाध्य रहेका बताइएको थियो ।

पछिल्लो तथ्याङ्कले फिलिपिन्सका जनतामा भोकमरीको समस्या बढ्दो रहेको खिएको छ ।

यही बर्षको डिसेम्बर २ मा सार्वजनिक गरिएको एसडब्लुएसको सर्भेक्षणमा ४७ प्रतिशत फिलिपिनी जनताले आफूलाई गरीब भन्न रुचाएको सार्वजनिक भएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com