रुकुम पूर्वमा वाम गठबन्धनकी रोका विजयी


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा ( माओवादी केन्द्र ) का प्रतिनिधिसभा
सदस्य उम्मेदवार कमला रोका विजयी हुनुभएको छ । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

जम्मा खसेको मत १८ हजार ३१ मध्ये बिजयी हुनुभएकी रोकाले १० हजार ४३४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी घर्तीले चार हजार ४०६ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पूर्वयुवा तथा खेलकुद मन्त्रीसमेत रहनुभएकी रोका माओवादी केन्द्रका उम्मेदवारमध्ये पहिलो विजेता बन्नुभएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशसभाका दुवै क्षेत्रमा पनि माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com