चुनाव पछि कुन–कुन जिल्ला बन्दैछन् राजधानी


प्रकाशित मिति : मंसिर २०, २०७४ बुधबार

काठमाडौं, २० मंसिर । निर्वाचन लगत्तै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने भएको छ । सरकारले २५ मंसिरमा प्रदेशको अस्थायी मुकाम राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । सोही कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रदेश राजधानीका लागि सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशको अस्थायी मुकाम प्रस्ताव गरी मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ । प्रदेश नम्बर १ को राजधानी सुनसरी, २ को जनकपुर, ३ को काठमाडौं उपत्यका, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश नम्बर ७ को राजधानी कैलाली प्रस्ताव गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com