प्रथम नेपाली तारा दीपक लिम्बु शनिबार न्युयोर्कमा चम्किने


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर ९ तारिख शनिबार न्युयोर्कमा चुम्लुङ नाईट २०१७ हुने भएको छ । कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बुको एकल गायन र विविध सांस्कृतिक कार्यक्रम रहने आयोजकले जानकारी दिएका छन् । विगत २ महिनादेखि सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहेका लिम्बुले चर्चित एवं लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।

शिक्षाका लागि संगीत भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रम नेपालको पुर्वी पहाडी जिल्ला ईलामको चुलाचुली गाउँपालिका वडा नं १ मा अवस्थित चुलाचुली माध्यमिक विद्यालयको पुस्तकालय स्त्तरोन्नतीको सहयोगार्थ आयोजना गर्न लागिएको किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दीपेश लिम्बुले जानकारी दिएका छन् । किरात याक्थुङ चुम्लुङ अमेरिकाले चुम्लुङ नाईट २०१७ पहिलो पल्ट व्यवासायिक रुपमा गर्न लागेको हो ।

कार्यक्रममा दीपक लिम्बुसँगै बसन्त डान्स सेन्टर र युएस नेपाल डान्स समूहको संयोजनमा बिभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गर्नेछन् । साँझ साँढे ७ बजेबाट सुरु गरिने कार्यक्रम बिहान २ बजेसम्म सञ्चालन हुने कार्यक्रममा डिजे जाङबुको बिशेष प्रस्तुती रहने आयोजक मध्येका सुमन लिम्बुले बताए । कार्यक्रमको लागि ३५ अमेरिकी डलर शुल्क कायम गरिएको छ । कार्यक्रम न्युयोर्कको उडसाइडमा रहेको गुल्सन टेरेसमा हुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com