मुस्लिम राष्ट्रमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनको पक्षमा अमेरिकी अदालतको आदेश


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

मंसिर १९, २०७४अमेरिकाको सर्वोच्च अदालतले ६ वटा मुस्लिम राष्ट्रमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय पूर्ण कार्यान्वयनको पक्षमा आदेश जारी गरेको छ । योसँगै ट्रम्प प्रशासनलाई चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउन प्रोत्साहन मिलेको छ ।

अदालतमा ९ जना न्यायाधीशले ट्रम्पको नीतिको पक्षमा धारणा राखेका थिए भने २ जनाले ट्रम्पको निर्णय रोक्ने आदेश कायमै राख्नुपर्ने बताएका थिए । सान फ्रान्सिस्को, क्यालिफोर्निया, रिचमण्ड र भर्जिनियाका पुनरावेदन अदालतले ट्रम्पको सो नीति बैधानिक भए /नभएकोबारे सुनुवाई गर्ने बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति ट्रम्पले गत जनवरी, मार्च र सेप्टेम्बरमा गरी तीन चरणमा विभिन्न देशमाथि यात्रा प्रतिबन्धको आदेश जारी गर्नुभएको थियो । सो निर्णय कार्यान्वयन नहुँदै विभिन्न संघीय अदालतले रोक्न आदेश दिएका थिए । सर्वोच्चको पछिल्लो निर्णय विरुद्ध केही कानूनविदले भने असन्तुष्टि जनाएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com