यमनका पूर्व राष्ट्रपति मारिए


प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

यमनबाट प्राप्त विवरणहरुका अनुसार भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह उनका पूर्व साझेदारहरुसँगको लडाईँका क्रममा मारिएका छन्।

हुथी विद्रोहीहरुले नियन्त्रण गरेको एक संचारमाध्यमले अधिकारीहरुलाई उद्धृत गर्दै देशद्रोही लडाकूले निम्ताएको संकटको अन्त्य भएको र त्यसको नेता मारिएको घोषणा गरेको छ।

साउदी स्वामित्वको टेलिभिजन संस्था अल-अरेबियाले सालेहका जेनरल पिपल्स कंग्रेस पार्टीसँग सम्बन्धित स्रोतहरुले पनि उनी मारिएको पुष्टि गरेको उल्लेख गरेको छ।

अनलाइनमा राखिएका तस्वीर र भिडिओहरुमा सालेहको जस्तो देखिने एक मानिसको शव देखिन्छ र उक्त शवको टाउकोमा गम्भीर चोट लागेको देख्न सकिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भीषणझडप

गत हप्तासम्म पनि सालेहका समर्थकहरु हुथी विद्रोहीहरुसँगै यमनका वर्तमान राष्ट्रपति अब्द्रबुह मनशुर हादीविरुद्ध लडिरहेका थिए।

तर लामो समयदेखि जारी राजनीतिक तनाव र विद्रोही नियन्त्रित राजधानी सन्आमा रहेको एक मुख्य मस्जिदमाथिको नियन्त्रणलाई लिएर उत्पन्न विवादका कारण भीषण झडपहरु निम्तिएका थिए।

बुधबार रातीदेखि सो झडपमा परी कम्त‌ीमा १२५ जनाको ज्यान गएको छ र २०० भन्दा बढी घाइते भएका छन्।

तर शनिबार सालेहले हादीको समर्थन गर्दै आएको साउदी-नेतृत्व गठबन्धनसंग एक प्रस्ताव राख्दै यमनमाथि हमला र दैनिकी जटिल बनाएको नाकाबन्दी अन्त्य गरेमा उक्त गठबन्धनसंग नयाँ अध्याय शुरु गर्न सकिने उल्लेख गरेका थिए।

स्वागत

साउदी-नेतृत्वको गठबन्धन र हादीको सरकारले उनका ती प्रतिक्रियाको स्वागत गरेका थिए।

तर हुथीहरु आक्रोशित थिए।

संयुक्त राष्ट्रसंघका अनुसार गठबन्धनले सन् २०१५ मा हस्तक्षेप गरे यता त्यहाँ महिला तथा केटाकेटी सहित साढे आठ हजार भन्दा बढी मानिसहरुको ज्यान गएको छ र झण्डै ५० हजार घाइते भएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com