राजपाका केन्द्रीय नेता यादव माओवादीमा प्रवेश


प्रकाशित मिति : मंसिर १३, २०७४ बुधबार

मंसिर १३, सिराहा । राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामशंकर यादवसहित दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जिल्लाको कल्याणपुर नगरपालिकाको बेल्हामा आयोजित चुनावी सभाको अवसरमा केन्द्रीय सदस्य यादवसहित दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । यादवसँगै राजपाका स्थानीय नेता शिव नारायण यादवको नेतृत्वमा पनि दर्जनौँ स्थानीय कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।
प्रवेश भएका सबैलार्इ माओवादी केन्द्रका सचिवालय सदस्य जगत यादव, युवा नेता तथा पूर्वमन्त्री अजय शंकर नायकलगायतका नेताले स्वागत गरेका थिए । राजपामा बसेर मधेसका जनताको आधारभूत आवश्यकता समाधान हुन नसक्ने बताउँदै अन्य नेतालार्इ समेत गठबन्धनमा प्रवेश गर्न नेता यादवले आव्हान गरे ।
कार्यक्रमको अवसरमा सिराहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दिएका नायकले जनताको जनजीविका, विकास, गरिबी र बेरोजगारीलगायतका समस्या समाधान वाम गठबन्धनबाट मात्रै सम्भव रहेको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com