हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

मंसिर ११ इनरुवा, सुनसरीको कोशी गाउँपालिका–३ मा आज जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु आरक्षबाट दाउरा लिएर आउँदै गरेका सरदारद्वयलाई आरक्षको छेउमा रहेको उखु खेतबाट निस्केको हात्तीले आक्रमण गर्दा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
हात्तीको आक्रमणबाट स्थानीयवासी ५० वर्षीया विन्दादेवी सरदार गम्भीर घाइते भएकी छन् । उनको दाहिने खुट्टा, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको तथा गम्भीर घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com