सवारी साधन रोकेर बाटो निमार्ण गर्दा यात्रु समस्या


प्रकाशित मिति : मंसिर ७, २०७४ बिहीबार

चितवन, ७ मंसिर।   नारायणगढ–मुग्लिन सडक विस्तारका लागि केहीबेर सवारी रोक्दै भित्तो काट्दै गर्ने काम प्रभावकारी हुन सकेको छैन । निर्वाचनका कारण यात्रुले दुःख पाउने भन्दै स्थानीय प्रशासनले दिनमा चारपटक सवारी रोकेर भित्तो काट्न भनेको भए पनि यसरी काम गर्दा प्रभावकारी हुन नसकेको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनाल कालोपत्र गर्ने ठाउँमा पनि एकतर्फी सवारी रोकेर काम गर्नुपर्ने भएकाले भित्तो काट्न लागिएको तीन ठाउँमा सवारी रोक्दा व्यावहारिक नदेखिएको बताउनुहुन्छ ।

उहाँका अनुसार सवारी रोकेर काम थालेलगत्तै एम्बुलेन्स आउने, सुरक्षा निकायका सवारी आउने, अन्य अत्यावश्यक सवारी आउने भएकाले ती सवारीलाई आडैमा रोकिराखेर काम गर्न सम्भव हुन नसकेको हो । ती अत्यावश्यक सवारीलाई बाटो खोल्दा अरु सवारी पनि सँगसँगै जबर्जस्ती जाने गरेका छन् । एक घण्टा सवारी रोक्दा आधा घण्टा भित्तो काट्ने र आधा घण्टा बाटो सफा गर्नुपर्ने भएकाले पनि काम प्रभावकारी हुन नसकेको खनालले बताउनुभयो ।

सोही सडकका तीनवटै खण्डमा कालोपत्र भइरहेको छ । सडकको आधा भागमा कालोपत्र गर्दा अर्काे आधा भागमा एकतर्फी सवारी सञ्चालन गरिँदै आएको छ । पालैपालो ती सवारी आवतजावत गर्दै आएका छन् । हालसम्म उक्त सडकखण्डको ११ किमी क्षेत्रमा कालोपत्र गरिएको छ । पहिलो तह सकिएर ती क्षेत्रमा दोस्रो तहको पनि पाँच किमी भाग कालोपत्र गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत सोमबारबाट सवारी रोक्दै भित्तो काट्दै गरिँदै आएको छ । जसअनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, ११ देखि १२ बजेसम्म, दिउँसो १ देखि २ बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने काम भइरहेको छ । यसअघि गत हिउँदको समयमा दिनभर सवारी रोकेर भित्तो काट्ने काम भएको थियो ।

सडकको नारायणगढबाट १६ किमी ३०० मिटर, घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी ३०० मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी छ ।

हालसम्म ६० प्रतिशतमात्रै काम भएको छ । आयोजनाका इञ्जिनियर खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्र गर्नुपर्ने हुन्छ । एक दिनमा ३०० मिटर हाराहारीका दरले कालोपत्र गर्न सकिएको उहाँले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडकखण्डको ३४ किमी खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किमीसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्र गरिने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com