अस्पतालमा ल्याउनुअघि नै प्रकाशको निधन भईसकेको


प्रकाशित मिति : मंसिर ३, २०७४ आईतबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको आज विहान निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा विहान साढे ५ वजे उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । प्रकाशलाई अचेत अवस्थामा परिवारले विहानै अस्पताल पुर्‍याएको थियो ।

अस्पतालमा ल्याउनुअघि नै प्रकाशको निधन भईसकेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालले मृत्युको कारण भने खुलाएको छैन । स्रोतले भन्यो, ‘अस्पताल आईपुग्दा प्रकाशको श्वास–प्रश्वास प्रक्रिया बन्द भईसकेको थियो, कृत्रिम प्रणाली अवलम्वन गर्दा सफल हुन सकिएन ।’

निर्वाचन प्रचारका क्रममा भापाको विर्तामोडमा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाल आएपछि मात्रै निधनको औपचारिक घोषणा गर्ने तयारी अस्पतालले गरेको छ । दाहाल आएपछि पत्रकार सम्मेलन  गरेर औपचारिक जानकारी दिने अस्पताल स्रोतले जनाएको छ । निर्वाचन प्रचारका लागि वुवासंगै जिल्ला जाने गरेका प्रकाश स्वास्थ्यमा गडवढी आएपछि चितवनबाट काठमाडौं फर्किएका थिए ।

प्रकाशको निधनको खवरले स्तव्ध उनका आफन्त शुभेच्छुक र पार्टीका नेता कार्यकर्ताको नर्भिक अस्पतालमा भिड लागेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com