Follow @khasokhasmag

विप्लव समूहका चार कार्यकर्ता पक्राउ


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन् ।

नेकपा (एमाले) उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले विहिबार भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो ।

टेम्केमैयुङ्ग गाउँपालिका–२ छिनामखुबाट लोकबहादुर विष्ट, षडानन्द नगरपालिका–२ कुदाककाउलेबाट दुर्गा भट्टराई, षडानन्द नगरपालिका–१० बोयाबाट जीवन राई र भोजपुर नगरपालिकाबाट गोपाल पराजुलीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गितनारायण चौधरीले जानकारी दिनुभयो ।

यता आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको विरोधमा कम्युनिष्ट पार्टीले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै भत्र्सना गरेको छ । जिल्ला सेक्रेटरी मादेन किरातीद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रशासनले गलत ढंगबाट आफ्ना शुभेच्छुकमाथि धरपकड गरेको उल्लेख गरिएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com