Follow @khasokhasmag

भिरबाट लडेर आमा छोराको मृत्यु


प्रकाशित मिति : कार्तिक ३०, २०७४ बिहीबार

कात्तिक ३० जाजरकोट । जुम्लाबाट जाजरकोट वारेकोट गाउँपालिका वडा नं ३ स्थित आफ्नो घर आउँदै गरेका आमाछोराको आज मृत्यु भएको छ ।

जुम्लाको टोप्लाबाट वारेकोट गाउँपालिका वडा नं ३ पारामुलसाम फर्कने क्रममा ३५ वर्षीय आमा पशुपति शाही र उहाँका ११ वर्षीय छोरा दीपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

जुम्ला जान र आउन मुलसामको लेक प्रयोग गरिन्छ । बिहान र बेलुका मात्र यो बाटो हिँड्ने गरिन्छ भने दिउँसो हावाहुरीले हिँड्न मिल्दैन । लेकमा बाटो निर्माण नहुँदा वर्षेनी यस ठाउँमा अकालमै मानिसको ज्यान जाने गर्छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com