देशैभरी विवेकशीलको लहर आयोः रविन्द्र मिश्र
प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको पक्षमा देशैभरी लहर आएको बताएका छन् । देशभरीका जनताले सद्भाव दर्शाइरहेकाले यस चुनावबाट पार्टीको पक्षमा नतिजा आउने निश्चित रहेको उनले उल्लेख गरे ।
‘केही समय अगाडि नै हाम्रो संगठन देशभर निर्माण गर्न सकेको भए यसैपाली देशको नेतृत्व लिन सक्ने रहेछौं,’ मिश्रले दावी गरे ।
विवेकशील साझा पार्टीको काठमाडौँ क्षेत्र नं ९ को चुनावी अभियानका क्रममा सोमबार बिहान स्युचाटारमा भएको कार्यक्रममा मिश्र उपस्थित भएका थिए ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेदवार मिलन पाण्डेले आफ्नो प्रतिवद्धता दोहोर्याउँदै आफु काठमाडौँ क्षेत्र नं ९ मार्फत उदाहरण प्रस्तुत गर्न उत्रेको कुरा राखे ।
उनले आˆना प्रतिस्पर्धीलाई लक्षित गर्दै आफुले जितेमा संसदमा नघुर्ने अनि आम नागरिकका मुद्दा उठाउदै संसदमा गर्जने र दिन रात काम गर्ने बताए ।
‘राजनीतिमा एउटै च्यानल २८ वर्षदेखि चलेकाले अब च्यानल परिवर्तन गर्ने बेला भयो,’ उनले भने ।
कार्यक्रममा विवेकशील साझाको नयाँ चुनावी गीतमा पार्टीका संयोजक मिश्र क्षेत्र नं ९ का उम्मेदवार पाण्डेलगायतले नाचगान गरेका थिए ।