उदयशम्शेरमाथि खनिए नवराज, आफ्नो नामसँग जोडिएर चर्चामा आएको दाबी


प्रकाशित मिति : कार्तिक २५, २०७४ शनिबार

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज सिलवाल चुनावी प्रतिस्पर्धी उदयशम्शेर राणामाथि खनिएका छन् ।

कांग्रेस उम्मेदवार एवं अर्थराज्यमन्त्री राणाको आलोचना गर्दै पूर्व डीआईजी सिलवालले यतिसम्म भने कि उदयशम्शेर भन्ने मान्छे पनि छ है भनेर मैले चिनाउनु परेको छ ।

आफूलाई नेपाल प्रहरीको आईजीपी बनाउनु पर्ने माग गर्दै सर्वोच्च गएका तत्कालीन डीआईजी सिलवाल मुद्दा हारेपछि एमाले प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेको केही समयमै प्रतिनिधिसभा सदस्यको टिकट पाएका उनले चुनाव प्रचार प्रचारका क्रममा मतदातासँगै धान काटेर ‘चुनावी चटक‘ देखाएका थिए ।

शनिबार गोदावरीमा आयोजित चुनावी सभामा भने सिलवाल चुनावी प्रतिस्पर्धी राणामाथि खनिए । निवर्तमान सांसद समेत रहेका शम्शेरकै कारण ललितपुर १ पछाडि परेको तर, आफू उम्मेदवार भएपछि देशभर चर्चामा रहेको बताए ।

उदयशम्शेरलाई कसैले पनि नचिन्ने भन्दै उनले भने, चार वर्षसम्म उदयशम्शेरको नाम कसैले सुनेको थिएन अहिले नवराज सिलवालविरुद्ध म पनि प्रतिद्वन्द्वी हुँ है भनेर अनुहार देखाएर, मेरो नामसँग जोडिएर लाइटमा आउनु भएको छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com