मुग्लिन नारायणगढ सडकखण्ड आज ५ बजेसम्म बन्द


प्रकाशित मिति : कार्तिक २५, २०७४ शनिबार

२५ कात्तिक, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान १० बजेदेखि ५बजेसम्म बन्द हुने भएको छ । सडकखण्डअन्तर्गतको सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउनका लागि सवारी आवागमन रोकिएको हो ।

नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टान रहेकाले जोखिम बढेकोले बिहान १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने आयोेजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले वैकल्पिक सडक प्रयोग गर्न अनुरोधसमेत गरेका छन् ।
आइतबारदेखि एकहप्ता परीक्षणस्वरुप बिहान ७ देखि ८ः३० बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।
सो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७०० मिटरमा भित्तो काट्न बाँकी छ । यहाँको झण्डै १० किमी क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । दुई वर्षदेखि यहाँ सडक चौडा पार्ने काम शुरु गरिएको हो ।

निर्धारित समयमा सडकको काम नसकिएपछि आगामी फागुनसम्म म्याद थपेर काम हुँदै आएको छ । सो सडकको काम अहिलेसम्म ५८ प्रतिशतमात्रै सम्पन्न भएको छ ।
भोलि आइतबारदेखि भने कालोपत्र गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम अघि बढाइने खनालको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com