ट्रिेपरले टक्कर दिँदा एक बालकको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

कात्तिक २२, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–४ तामाघाटमा बुधबार बिहान ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। अभिभावकसँग सामान किन्न बजार आएका कुँवरलाई बिहान करिब पौने ९ बजे सडक पार गर्ने क्रममा बा४ख ३२६८ नम्बरको ट्रिपरले ठक्कर दिएको काभ्रेका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए। पाँचखाल– ९ का प्रेमबहादुर कुँवरका अन्दाजी ४ वर्षका छोरा रामबहादुर कुँवरको ट्रिपरले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापश्चात मृतकका आफन्त र स्थानीयले अरनिको राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन्।
राजमार्ग सञ्चालनमा ल्याउने प्रयास गरिरहेको काभ्रेका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए।
पीडित पक्ष र प्रहरी दुवैतर्फका बसेर छलफल भइरहेको छ। छिट्टै वार्ता टोली गठन गरेर आवश्यक छानबिन गरी सडक सुचारु गर्ने जानकारी मरासिनीले दिए

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com