राजधानीमा लाइसेन्सविना बाइक चलाउने १०३ जना पक्राउ


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

कात्तिक २१, काठमाडौ सवारी चालक अनुमति पत्रै नलिई मोटरसाइकल चलाउने दश जोड २ का अधिकांश विद्यार्थीले पक्राउ परेका छन्। महानगरीय प्रहरी ट्राफिक महाशाखाले विद्यार्थी केन्द्रित कारबाही प्रकृया सञ्चालन गर्दा एकै दिन ललितपुरबाट मात्र १०३ जना विद्यार्थी पक्राउ परेका हुन ।
विद्यार्थीको बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न महाशाखाका प्रमुख सर्वेन्द्र खनालको निर्देशनबमोजिम मंगलबार विद्यार्थी केन्द्रित गरेर ललितपुरको मानभवन र कुमारीपाटी क्षेत्रमा बिहान एक घन्टा आकस्मिक चेकिङ गरेको थियो।
कलेज हिँडेका २ सय विद्यार्थीसँग सवारी चालक अनुमति पत्र माग्दा १०३ सँग चालक अनुमति पत्र नभएको फेला परेको थियो।ृ
सवारी दुर्घटनामा मृत्यु र घाइते हुने विरदार्थीको संख्या बढी देखिएपछि उनीहरुलाई लक्ष्यित गरी विशेष कारबाही शुरू गरेको महाशाखाले जनाएको छ।
मंगलबार बिहान ललितपुरको मानभवन, कुमारीपाटी र जावलाखेल क्षेत्रबाट ट्राफिक प्रहरीले विना कागजपत्र चलाउने, तिब्र गतिमा कुदाँउने, स्पस्ट नम्बर प्लेट नभएका, स्वरूप परिवर्तन गरेर बाइक चलाउनेलाई नियन्त्रणमा लिएको ललितपुर ट्राफिक प्रहरीका प्रमुख सिताराम हाथेछुले जानकारी दिए।
बिहान ६ बजे हामीले सवारी चेक जाँच गर्ने क्रममा क्याम्पस ड्रेसमै विना लाईसेन्स, स्वरूप परिवर्तन र तीन जना राखेर मोटरसाईकल चलाउने १०३ जनालाई नियन्त्रणमा लिएका हौ,’ उनले भने।
नियन्त्रणमा लिएका मोटरसाइकल अब अभिभाबकलाई बोलाएर अबदेखि विना लाईसेन्स नचलाउने सर्तमा र लाईसेन्स भएको व्यक्तिलाई मात्र उक्त मोटरसाईकल जिम्मा लगाईने हाथेछुले जानकारी दिएका छन्। कारबाहीमा परेका उनीहरुलाई जनही एक हजारदेखि ५ हजार रूपैयाँसम्म जरिवाना लिने बताए।
विद्यार्थीमाझ मोटरसाइकलको स्वरुप परिर्वतन गरेर चलाउने प्रतिस्पर्धा बढेकाले प्रहरीले उनीहरुको मोटरसाईकलको स्वरुपको समेत परीक्षण गरेको थियो। प्रहरीका अनुसार नियमित परिक्षणकोक्रममा बाइकको स्वरुप परिर्वतन गरेको अभियोगमा ६९ वटा बाइक फेला पारेको थियो।
मोटरसाईकल चलाउने दश जोडमा अध्ययनरत विद्यार्थीमाझ प्रतिष्पर्धासँगै उनीहरु दुर्घटनाको सिकार बन्न थालेपछि केही कलेजहरुले आफ्ना विद्यार्थीलाई मोटरसाईकल चलाउनै प्रतिबन्ध लगाए पनि प्रभावकारी भने हुन सकेको छैन।
यसैबीच महाशाखाले विद्यार्थी केन्द्रित कारबाही प्रकृयालाई निरन्तरता दिने जनाएको छ।
किशोर अवस्थाका युवा युवतीको गतिविधिमा अभिभावक बढी सचेत हुनुपर्नेमा बताउँदै महाशाखाका प्रमुख खनालले अभिभावकहरुलाई आफ्ना सन्तानलाई लगाम लगादिन आग्रहसमेत गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com