मान्छेको जागिर खोस्दै रोबोट र ड्रोनहरु


प्रकाशित मिति : कार्तिक १८, २०७४ शनिबार

अमेरिकामा यस वर्षको एप्रिलदेखि अक्टोबर महिनासम्ममा रोबोट र ड्रोनका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन्।

एउटा अनुमान अनुसार आगामी १० वर्षमा १७ प्रतिशत अमेरिकी जागिरहरु रोबोट र ड्रोनले खाइदिने छन्।

अमेरिकामा मात्रै होइन विश्वका कैयौँ मुलुकमा अचेल ड्रोन र रोबोटले विभिन्न काम गर्न थालेका छन् जुन कामका लागि पहिला मानिसको आवश्यकता पर्थ्यो।

सयजना मानिसले गर्ने काम त्यही समयभित्र दुईवटा ड्रोनले गर्नसक्ने अवस्था छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नागरिकता पाउने विश्वकी ‘पहिलो’ रोबोट

जिम्मेवारी

धेरै कम्पनीहरु आफूद्वारा निर्मित ड्रोनहरु काममा शत प्रतिशत खरो उत्रिने गरेको बताउँछन् अर्थात् विना कुनै त्रुटि ड्रोनहरुले काम गर्ने गरेका छन्।

ई-कमर्स, अनलाइन शपिङ र खुद्रा क्षेत्रका अधिकांश कम्पनीहरुले केही काममा ड्रोन र रोबोटको प्रयोग गरिरहेका छन्।

तिनीहरुले सामान प्याकिङ गर्ने काम गर्छन्, ठीक तरिकाले सामान राख्छन् र हरेक सामानको विवरण पनि राख्छन्।

‘ज्यानमारा रोबोट’को विकास रोक्न आग्रह

अमेरिकी खुद्रा कम्पनी वालमार्टको अमेरिकाभर अढाई लाखभन्दा बढी गोदाम छन्।

रोबोट

त्यसमा सानो भन्दा सानो गोदाम पनि छन् जुन १७ वटा फुटबल खेलमैदान बराबर हुन्छन्।

वालमार्टका गोदामहरुमा रोबोट र ड्रोनले ठूलो जिम्मेवारी सम्हाल्ने गरेका छन्।

लागत

उनीहरुले लिफ्टको सहयोगमा सामान एक ठाउँबाट अर्को ठाउँमा राख्छन्।

सामान छुट्टयाउने काम पनि रोबोट र ड्रोनले गर्छन्।

सबैभन्दा ठूलो कुरा त यी आधुनिक यन्त्रहरुले लगभग ती सबै काम गर्ने गरेका छन् जुन काम कुनैबेला मान्छेले गर्दथे।

फरक यति छ कि आधुनिक यन्त्रहरुको सहयोगमा ती कामहरु तुलनात्मक रुपमा छिटो हुने गरेका छन्।

ड्रोन-रोबोट

रोबोट र ड्रोनबाट काम गराउँदा लागत पनि घटेको कम्पनीहरु बताउँछन्।

अमेरिकाको प्रसिद्ध मासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक फदेल अदीब भन्छन्, हरेक वर्ष सामान गुम्ने र यताउति पर्ने समस्याका कारण कम्पनीहरुले अर्बौं डलर बराबरको घाटा बेहोर्नुपर्छ। हिसाबमा त्रुटि हुँदा पनि उनीहरुलाई घाटा हुने गर्छ।

सहज

अचेल गोदाममा राखिएका सबै सामानको विवरण राख्न, सबै गन्न र ‘बार कोड’ को मद्दतले सामानमा मूल्य राख्न निकै कठिन हुन्छ।

तर मान्छेको तुलनामा रोबोट र ड्रोनले यी कामहरु निकै सहज ढंगले कम समयमै सम्पन्न गरिदिन्छन्।

तिनीहरुको सहयोगमा रातिराति पनि काम गराउन सकिने अवस्था सिर्जना भएको छ।

त्यसबाहेक सामानहरु मिलाउन र राख्न पनि सजिलो भएको छ।

यी र यस्तै कारणले अचेल ई-कर्मस र खुद्रा कम्पनीहरुले रोबोट र ड्रोनको बढी प्रयोग गर्न थालेका हुन्।

उड्ने रोबोट बनाउने एउटा कम्पनी पिंकका प्रमुख कार्यकारी अधिकृत म्याट इयर्लिङ भन्छन्, नयाँ यन्त्रहरु आएर गोदाममा सामान राख्ने काम निकै सजिलो भएको छ। गोदाममा मान्छेले पाँच प्रतिशत मात्रै काम बिगार्दा करोडौं डलर बराबरको घाटा हुन पुग्छ।

क्षतिपूर्ति

त्यस्ता घाटाको क्षतिपूर्ति अचेल रोबोट र ड्रोनबाट हुने गरेको छ।

दिनरात काम गरेर उड्ने रोबोटले त्यस्तो घाटा हुनबाट जोगाइरहेका छन्।

इयर्लिङको कम्पनीले हाइड्रोजन इन्धनबाट चल्ने रोबोट बनाउँछ।

त्यस्ता ड्रोनले ब्याट्रीबाट चल्ने ड्रोनभन्दा बढी काम गर्छन्।

फ्रान्सको हार्दिस कम्पनीले सामान गन्ने ड्रोन बनाउँछ।

आइसी नाम गरेको उक्त ड्रोन एन्ड्रोइडबाट चल्ने गर्छ।

कार्यकुशलता

खुद्रा कम्पनीहरुले पछिल्लो पाँच-छ वर्षदेखि आधुनिक यन्त्रहरुको बढी प्रयोग गर्न थालेका हुन्।

सन् २०१२ मा नेट-ए-पोर्टरले आफ्ना रोबोटहरुले मान्छेले भन्दा पाँच सय गुणा राम्रो काम गर्ने गरेको दाबी गरेको थियो।

त्यसैगरी अनलाइन कम्पनी अमेजनका किवा रोबोट पनि कार्यकुशलताका लागि चर्चित छन्।

अचेल प्रायः सबै ठूला गोदामहरुमा रोबोटले काम गरेको देख्न सकिन्छ।

ड्रोन-रोबोट

तर यन्त्रबाट काम गराउँदा फाइदासँगै घाटा पनि छन्।

अमेरिकामा पछिल्लो छ महिनामा आधुनिक यन्त्रहरुका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन्।

सुखद

सन् २०२७ सम्ममा १७ प्रतिशत जागिर त्यस्ता यन्त्रले नै गर्ने अनुमान गरिएको छ।

हुनत कतिपय जानकारहरु एकातिर जागिर नपाउँदा अर्कोतिर पाउन सकिने बताउँछन्।

गोदाममा यन्त्रहरुको बढ्दो प्रयोगले दुर्घटना पनि कम हुने गर्छ जुन त्यहाँ काम गर्ने मानिसहरुका लागि सुखद पक्ष हो।

हरेक कुराको सकारात्मक र नकारात्मक पाटो हुन्छ।

यदि हामी सस्तो र सजिलै उपलब्ध हुने अनलाइन किनमेल चाहन्छौँ भने त्यसको मूल्य त हामीले चुकाउनैपर्छ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com