५ वर्षमा गुल्मीलाई नमूना जिल्ला बनाउँछुः चन्द्र भण्डारी


प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

१७ कात्तिक, गुल्मी । नेपाली कांग्रेसमा नेता एबं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार चन्द्र भण्डारीले नेपाली कांग्रेसको पहलमा भएका बिकास निर्माणका कामहरु लिएर जनतामा जाने बताएका छन् ।

प्रेस युनियन गुल्मीले शुक्रवार दिउँसो सदरमुकाम तम्घासमा उम्मेदवारहरुसँग गरेको छलफलमा नेता भण्डारी आफनो पहलमा भएका कामहरु पनि भन्न नपाएको गुनासो गरेका छन् ।

उनले आफनो पहलमा भएका कामहरुको परिणम जनतामा लिएर जाने बताए । उनले भने ‘हामीले काम गर्ने हामीले प्रचार गर्न नपाउने ?’

नेता भण्डारीले अधिल्लो निर्वाचनमा गरेका प्रतिबद्धताहरु केहि पूरा भएको र केहि पूरा हुने अबस्थामा रहेकाले पनि पुनः आफू जनतामाझ आएको बताए ।

उनले गुल्मी जिल्लालाई अबको ५ वर्षभित्र नमुना गुल्मी जिल्ला बनाउने गरी योजना बनाएको बताएका छन् । ‘अब जनताले यो बिकासमा बजेट चहियो भन्नु पर्नेछैन ।’ नेता भण्डारीले भने ‘सबैखाले बिकासले गति लिइरहेको छ सबै पूरा भएपछि जनताले प्रत्यक्ष अनुभू तिगर्न पाउनेछन् ।’

पत्रकार भेटघाटमा गुल्मी क्षेत्र नम्बर २ प्रत्यक्षतर्फका उम्मेदवार चन्द्र केसी, क्षेत्र नम्बर १ ‘क’बाट प्रदेससभा उम्मेदवार धनेन्द्र कार्की, क्षेत्र नम्बर २ ‘क’बाट प्रदेश सभा उम्मेदवार शािलक पन्थी र ‘ख’बाट छन्द पहराईले जनताले बिकास चाहेकाले बिकासका एजेण्डाहरु लिएर जाने बताए ।

उम्मेदवारहरुले निर्वाचनमा मिडियाको महत्वपूर्ण भुमिका रहने हुँदा निपक्ष भएर उभिन आग्रह गरेका थिए ।

२ निर्वाचन क्षेत्र रहेको गुल्मीमा क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेदवार प्रदिप ज्ञवालीसँग चन्द्र भण्डारी र क्षेत्र नम्बर २ मा गोकर्ण बिष्टसँग चन्द्र केसीबीच प्रतिस्पर्धा हुँदै छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com