योगेश भट्टराईको दाबीः अबको ५० वर्षसम्म वामपन्थी सरकार


प्रकाशित मिति : कार्तिक १५, २०७४ बुधबार

१५ कात्तिक, ताप्लेजुङ । एमाले सचिव योगेश भट्टराईले अबको ५० वर्षसम्म वामपन्थी शक्तिले सरकार चालाउने दावी गरेका छन् ।

बुधबार विहान ताप्लेजुङमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले देशभर चलिरहेको वाम गठबन्धनको चुनावी लहर र एकताको कारण प्रदेशसभा र प्रतिनिधिसभा मात्र नभई ५० वर्षसम्मका सबै चुनाव वामपन्थीहरुले नै जितेर सत्ता चलाउने अवस्था बनेको बताए ।

२००७ सालदेखि बीचमा केही समय छोडेर अधिकांश समय कांग्रेसले सत्ता सञ्चालन गरे पनि देशमा आर्थिक र सामाजिक क्रान्ति गर्न नसकेकाले नै विकास र समृद्धिका लागि पनि कम्युनिष्टहरुको एकता भएको उनको भनाइ छ ।

सचिव भट्टराईले केन्द्रीय पहुँचको आधारमा आफ्नै ठाउँबाट विकास सुरु गर्ने लक्ष्यबमोजिम गृह जिल्लाबाट उम्मेदवारी दिएको स्पष्ट पारे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ताप्लेजुङ विकट जिल्ला भनेर देशभर चिनिएकाले यसलाई नमूना जिल्लाको रुपमा विकास गर्ने लक्ष्य आफूले लिएको भट्टराईले जानकारी दिए ।

ताप्लेजुङलाई केन्द्र बनाएर नेपाल–भारत–चीन त्रिदेशीय व्यापारको संभावना रहेको उल्लेख गर्दै उनले आफ्नो पहिलो प्राथमिकता चीन जोड्ने सडकको निर्माण सम्पन्न गर्नु रहेको बताए । गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार र शिक्षामा सबैको पहुँच पुर्याउनु पनि उत्तिकै प्राथमिकताको विषय रहेको उनको भनाइ छ ।

उनले जिल्लामा एमाले–माओवादी केन्द्रसँग मात्र नभई सबै राजनीतिक दलका उच्च नेता सँगको सल्लाहबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com