सिको ‘असाधारण उचाइ’का लागि ट्रम्पको बधाई


प्रकाशित मिति : कार्तिक ९, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समकक्षी चिनियाँ राष्ट्रपति सि जिनपिङले कम्युनिष्ट पार्टीको महाधिवेशनमा शक्ति संगठित गरेर पाएको ‘असाधारण उचाइ’ का लागि उनलाई बधाई दिएका छन्।

कुनै स्पष्ट उत्तराधिकारी नभएपछि पुन: निर्वाचित भएका सिले अर्को पाँच वर्षका लागि आफ्नो पकड बलियो बनाएका छन्।

उनको नाम र उनका सिद्धान्तहरु संविधानमा लेखिएका छन्।

वार्ता

गत जुलाईमा जी-ट्वान्टी सम्मेलनमा भेट भएपछि अब अर्को महिना चीनमा हुने राजकीय भ्रमणका बेला दुवै नेताहरुले वार्ता गर्नेछन्।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै सिलाई बधाई दिएको र त्यसक्रममा उत्तर कोरिया र व्यापारबारे पनि छलफल गरेको बताए।

ट्रम्पसँगको टेलिफोन संवादमा सिले अमेरिकाका राष्ट्रपतिसँग चीन-अमेरिकी सम्बन्धको भविष्यको विकासबारे संयुक्त रुपमा खाका बनाएर काम गर्ने इच्छा व्यक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

तनाव

चीन अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो।

जसको सबैभन्दा ठूलो व्यापारिक साझेदारी पनि अमेरिकासँग नै छ।

यद्यपी, साउथ चाइना सी र इस्ट चाइना सीबारे बेइजिङ र इस्ट सीमा रहेका वासिङ्टनका समर्थकको क्षेत्रीय विवादका कारण यी दुई देशबीचको सम्बन्ध भने तनावपूर्ण रहेको छ।

यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चारसंस्था केसिएनएले त्यहाँका नेता किम जोङ-अनले सि लाई बधाईको सन्देश पठाएको बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com