अमेरिकामा तीन पत्रकार पक्राउ, धार्मिक स्वतन्त्रतामा हस्तक्षेप गरेको आरोप


प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार

धार्मिक स्वतन्त्रतामा हस्तक्षेप गरेको आरोपमा अमेरिकामा तीन जना पत्रकार पक्राउ परेका छन्। अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले घटनामा तीन जना पक्राउ परेको जानकारी दिइन्।

पक्राउ पर्ने पत्रकारहरूमा डन लेमन, स्थानीय स्वतन्त्र पत्रकार जर्जिया फोर्ट र कार्यकर्ता ट्राहेम जिन क्रूज तथा जमाल लिडेल लन्डी फोर्ट रहेका छन्। पक्राउ पर्ने मध्येका डन लेमन सीएनएनका पूर्व प्रस्तोता पनि हुन्।

लेमनलाई अमेरिकाको मिनेसोटामा रहेको एक चर्चमा भएको घटनासँग सम्बन्धित रहेको आरोपमा पक्राउ गरिएको हो। लेमनले आफूलाई समाचार सङ्कलन गरेकै कारण पक्राउ गरिएको दाबी गरेका छन्।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का अनुसार लेमनमाथि “अधिकार हननको षड्यन्त्र” र “फेस ऐन उल्लङ्घन” को अभियोग लगाइएको छ। अधिकारीहरूका अनुसार उनमाथि बल प्रयोग गरेर कसैको प्रथम संशोधनअन्तर्गतको अधिकार अर्थात् (धार्मिक स्वतन्त्रता) मा हस्तक्षेप गरेको आरोप छ।

लेमन १८ जनवरीमा सेन्ट पलस्थित सिटिज चर्चमा केही प्रदर्शनकारीहरूसँग प्रवेश गरेका थिए। ती प्रदर्शनकारीहरूले चर्चमा रहेका पादरीलाई आप्रवासन प्रवर्तन अधिकारी भएको आरोप लगाएका थिए। न्याय मन्त्रालयले मध्यरातमा पक्राउ गर्न संघीय एजेन्टहरूको टोली पठाएको लेमनले बताए।

लेमनमाथि लगाइएको फेस ऐन सामान्यतया गर्भपतन क्लिनिकहरूमा हुने प्रदर्शन नियन्त्रण गर्न प्रयोग हुने कानुन हो। तर यसले धार्मिक स्थलमा हुने प्रवेशलाई अवरुद्ध गर्न पनि प्रतिबन्ध लगाउँछ।

लोवेलका अनुसार लेमनलाई लस एन्जलसमा ग्र्यामी अवार्ड कभर गरिरहेका बेला पक्राउ गरिएको थियो। एफबीआई निर्देशक काश पटेलका अनुसार एफबीआई र डीएचएसका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा उनीहरूलाई पक्राउ गरेका हुन्।

ट्रम्प प्रशासनले सुरुमा यस चर्च प्रदर्शनमा संलग्न आठ जनामाथि अभियोग लगाउन खोजेको थियो। तर प्रमाणको समीक्षा गरेका एक मजिस्ट्रेट न्यायाधीशले तीमध्ये केवल तीन जनामाथि मात्र अभियोग स्वीकृत गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डन लेमन ट्रम्पका लामो समयदेखिका आलोचक मानिन्छन्। उनी १७ वर्ष सीएनएनमा काम गरेपछि अप्रिल २०२३ मा बर्खास्त भएका थिए। मिनेसोटाको चर्च घटनामा लेमनले युट्युबमार्फत प्रदर्शनकारीहरूसँग प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिम) गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com