कलाकार पूर्ण गुरुङको उपचारका लागि अमेरिकाबाट सहयोग


प्रकाशित मिति : कार्तिक १, २०७४ बुधबार

काठमाडौं, १ कात्तिक । कलाकार पूर्ण गुरुङको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरुले एक हजार एक अमेरिकी डलर सहयोग गरेका छन् ।

अमेरिकामा रहेका पत्रकार मच्छेदेवी गुरुङको सक्रियतामा संकलित सो रकम आज कलाकार गुरुङलाई हस्तान्तरण गरिएको छ ।

पूर्ण उपचाररत शिक्षण अस्पताल महाराजगञ्ज पुगेर पत्रकार डण्ड गुरुङले सो रकम हस्तान्तरण गर्नुभएको हो ।

सो रकम देवीजंग गुरुङ, भक्त गुरुङ, ङिमा पाख्रिन, चित्रबहादुर कोने, डम्बरजंग गुरुङ, राजेन्द्र तामाङ, मनिता गुरुङ, कमला गुरुङ, प्रकाश वस्ती, अनिता थिङ शेर्पा, सरला राई, नविन केसी, राम बोहरा र मच्छे गुरुङबाट संकलन गरिएको हो ।

रकम प्राप्त भएपछि कलाकार गुरुङले सहयोगी सबैलाई धन्यवाद दिनुभयो । अमेरिकामा रहनुभएका सहयोगीहरुले स्वास्थ्य लाभको कामना गर्नुभएको सन्देश पत्रकार गुरुङले सुनाउँदा कलाकार गुरुङ खुशी हुनुभएको थियो । कलाकार गुरुङको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com