पून निर्माण हुन नसक्दा भाइटिकाको मह्त्तो गुमाउदै रानिपोखरी


प्रकाशित मिति : कार्तिक १, २०७४ बुधबार

रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिरमा हरेक वर्ष भाइटिकाका दिन खुल्थ्यो । भाइटिका दिन दाजुभाइ नभएका दिदीबहिनी तथा दिदी बहिनी नभएका दाजुभाइले वालगोपालेश्वरमा गइ टिका लगाउँथे ।

भूकम्पले ध्वस्त भएको मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने निस्चित छ । भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेपछि पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई पुनःनिर्माणको जिम्मा दिएको थियो ।

तर अझै पुनःनिर्माण हुन सकेको छैन । तेसैले यसपलिको तिहारमा पनि रानीपोखरिले आफ्नो ऐतिहासिक महत्तो गुमाउने छ । ऐतिहासिक महत्व रहेको रानीपोखरी प्रताप मल्लका कान्छा छोरा चक्रव्रतेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर पोखरी बनाइएको हो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरू सहितको सेतो मूर्ति छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com