अमेरिकी नागरिकता हुनेले अर्को देशको नागरिकता राख्न नपाउने बिल संसदमा


प्रकाशित मिति : मंसिर १५, २०८२ सोमबार

passport book on floor

फोटो: जेरेमी डोरोघ

अमेरिकाका रिपब्लिकन सिनेटर बर्नी मोरेनोले नागरिकता सम्बन्धी ऐन संशोधन गर्न बिधेयक पेश गरेका छन् । यो बिधेयकले अमेरिकी नागरिकले दोहोरो नागरिकता राख्न पाउने कानुनलाई प्रतिस्पापित गर्न खोजेको छ । सिनेटर मोरेनोको विशेष नागरिकता ऐन २०२५ ले व्यक्तिहरूलाई आफ्नो दोहोरो नागरिकता त्याग्न बाध्य पार्ने बताएका छन् ।

राष्ट्रिय अखण्डता जोगाउनका लागि र संयुक्त राज्य अमेरिकाप्रतिको निष्ठा अविभाजित हुनका लागि बिधेयक पेश गरिएको सिनेटर मोरेनोले बताएका छन् ।

हालको कानूनले अमेरिकाका नागरिकहरूलाई विदेशी नागरिकता कायम राख्न अनुमति दिन्छ, जसले स्वार्थको द्वन्द्व उत्पन्न गर्न सक्छ। उनले दोहोरो नागरिकता सधैंको लागि अन्त्य गर्ने समय आएको बताउँदै अमेरिकी नागरिक हुनु सम्मान र सुबिधाको विषय भएको स्पष्ट पारेका छन् ।

यो बिधेयक पारित भएमा लागु भएको १ बर्षभित्रै विदेशी नागरिकता भएका अमेरिकाका नागरिकले विदेशमन्त्री वा होमल्याण्ड सेक्रेटरीलाई आफ्नो नागरिकता त्याग गरेको जानकारी बुझाउनु पर्ने प्रस्तावित बिधेयकमा उल्लेख छ । सिनेटर मोरेनोले पेश गरेकोजस्तो बिधयेक हालसम्म संसदमा पेश भएको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोहोरो नागरिकतासम्बन्धी अधिकांश विधेयकहरू सांसदहरुमा मात्रै केन्द्रित हुने गरेका थिए । सांसदहरुलाई विदेशी नागरिकताको अवस्था खुलाउन दोहोरो नागरिकता सार्वजनिक गर्ने बिधेयक एचआर ७४८४ जस्ता विधेयकहरू विगतमा संसदमा पेश भएका थिए ।

सर्वोच्च अदालतले अमेरिकी नागरिकता स्वेच्छाले मात्र त्याग्न सकिने सिद्धान्तलाई बलियो रूपमा स्थापित गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com