पूर्वसांसदसँग अध्यागनम सशंकित, निगरानीमा रातो पासपोर्ट


प्रकाशित मिति : आश्विन ३१, २०७४ मंगलबार

३१ असोज, काठमाडौं । अध्यागमन विभागले निवर्तमान सांसद्हरुले कूटनीतिक (रातो) पासपोर्ट दुरुपयोग गर्नसक्ने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका कायाृलयबाट निगरानी थालेको छ ।

सांसदको म्याद सकिए पनि रातो पासपोर्ट प्रयोग गरेर पूर्वसांसद्हरु विदेशमा जान सक्ने सम्भावना औंल्याउँदै विभागले त्यसलाई रोक्न सक्रियता बढाएको आजको कारोबार दैनिकमा खबर छ ।

सरकारले सुविधाबापत उपलब्ध गराएको रातो पासपोर्ट व्यवस्थापिका संसदको अवधि सकिएसँगै दुरुपयोग हुनसक्ने र वैदेशिक रोजगारको आवरणमा सक्रिय दलाल तथा मानव तस्करसँग पुग्नसक्ने विभागको आशंका छ ।

पहिलो संविधानसभाका १ दर्जन सांसदहरु रातो पासपोर्ट कीर्ते प्रकरणमा छानबिनको दायरामा परेका थिए । त्यसलाई समेत मध्यनजर राखेर विभगाले निगारनी बढाएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com