न्यूयोर्क सिटीमा १५ माइलप्रतिघण्टा भन्दा बढी इलेक्टोनिक साइकल स्कुटर चलाउन नपाइने
प्रकाशित मिति : आश्विन ७, २०८२ बुधबार
Photo by Dushawn Jovic
न्यूयोर्क सिटीले अर्को महिनादेखि ई बाइक र स्कुटरहरूका लागि नयाँ गतिको सीमा लागू गर्ने भएको छ । अक्टोबर २४ देखि न्यूयोर्कको १५ माइल प्रतिघण्टा गतिको सीमा लागू हुनेछ।
मेयर एरिक एडम्सले बुधबार एक विज्ञप्तिमा ई बाइकका लागि १५ माइल प्रति घण्टाको गतिको सीमाले न्यूयोर्कवासीहरूलाई सुरक्षित राख्दै सिटीलाई चलायमान बनाइराख्ने बताएका छन् ।
धेरै न्यूयोर्कवासीहरू सिटीमा हिँड्नका लागि ई बाइक र ई स्कुटरहरू प्रयोग गरिरहेका तथा न्यूयोर्कवासीहरूले यस विषयलाई सम्बोधन गर्न र सबैलाई सुरक्षित राख्नका लागि स्पष्ट, सुसंगत नियमहरू बनाउन आग्रह गरेका मेयर आडम्सले उल्लेख गरेका छन् ।
मेयरले पहिलो पटक यो नियम परिवर्तनको प्रस्ताव गत जुनमा गरेका थिए। नयाँ नियमहरू विश्वका अन्य धेरै ठाउँहरूका नियमहरुसँग मेल खान्छ । जसमा युरोपियन युनियन पनि समावेश छ ।
यातायात विभागका आयुक्त यडानिस रोड्रिग्सले रेकर्ड बाइकिङ र सुरक्षित साइकल लेन नेटवर्कको ऐतिहासिक विस्तारसँगै पूर्वाधार निर्माण गरेर र शिक्षा प्रदान गरेर धेरै भन्दा धेरै मानिसहरूलाई साइकल चलाउन अझ सुरक्षित र सजिलो बनाउने बताएका छन् ।
उनले हरेक न्यूयोर्कवासी हाम्रा सडकहरूमा सुरक्षित गतिमा यात्रा गरिरहेको सुनिश्चित गर्न विश्वभरका उत्कृष्ट अभ्यासहरूको अध्ययन गरिरहेको बताएका छन् ।








