अब नेपालको विद्युतीय यात्रा अनुमति लिंदा विदेशी क्रेडिट कार्डले काम गर्ने, दूतावास जान नपर्ने


प्रकाशित मिति : आश्विन ५, २०८२ सोमबार

नेपाली पोर्टमार्फत डाइरेक्ट कार्ड र बैंकमार्फत भिसा शुल्क भुक्तानी गर्न सकिने सुविधा पूर्णरूपमा सञ्चालनमा आएपछि अब “नेपाली पोर्ट” मार्फत नेपालको “इलेक्ट्रोनिक ट्राभल अथराइजेशन” लिंदा विदेशी क्रेडिट कार्डले काम गर्ने भएको छ । यस अगाडि विदेशी बैंकका कार्डहरुबाट तिर्न मिल्ने सुविधा नरहेकाले नेपाल भ्रमणमा जान चाहनेहरुले “इलेक्ट्रोनिक ट्राभल अथराइजेशन” लिनमा समस्या रहदै आएको थियो ।

केही दिनको परीक्षणपछि यो सुविधा औपचारिक रूपमा लागू भएको अध्यागमन विभागले जनाएको छ।  “इलेक्ट्रोनिक ट्राभल अथराइजेशन” का लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भए पनि लामो समयदेखि शुल्क भुक्तानीमा रहदै आएको समस्यालाई सुविधाले समाधान गरेको छ।

अध्यागमन विभागका अनुसार बिहीबारदेखि सञ्चालनमा आएको यो भुक्तानी सुविधामार्फत समाचार तयार पार्दासम्म ६० लाख रुपिँयाभन्दा बढीको कारोबार भइसकेको छ। राजस्व व्यवस्थापन प्रणालीको पहुँच हालै मात्र नेपालको भौगोलिक क्षेत्रबाहिर विस्तार गरिएको हो। फलस्वरूप, विदेशी नागरिकहरूले ईटीए आवेदनका लागि शुल्क भुक्तानी गर्न नेपाली दूतावास वा सम्बन्धित कार्यालयमा पुग्नुपर्ने बाध्यता हटेको छ।

अब विश्वको जुनसुकै स्थानबाट विभिन्न माध्यममार्फत भुक्तानी गर्न सकिने भएको छ। यो सुविधाले राजस्व व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउँदै विदेशी मुद्राको आगमनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशस्थित नेपाली दूतावास र नियोगहरूले सन् २०२३ देखि भिसा स्टिकरको सट्टा ईटीए जारी गर्न थालेका थिए। दूतावास वा कन्सुलेटबाहेक अनलाइनमार्फत सिधै ईटीएका लागि आवेदन दिन सकिने व्यवस्था भए पनि भुक्तानी प्रणालीको समस्याले गर्दा अनलाइन आवेदनको स्वीकृति दर निकै कम थियो। अहिले यो समस्या समाधान भएसँगै अनलाइन ईटीए प्रक्रिया सहज भएको छ।

अध्यागमन विभागका अनुसार अब भिसा कार्ड, अमेरिकन एक्सप्रेस, अलीपे, युनियनपे, मास्टरकार्डलगायत विभिन्न भुक्तानी कार्डमार्फत शुल्क तिर्न सकिन्छ। यो सुविधाले पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास विभागले लिएको छ। सुविधा लागू भएसँगै प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको विभागले जनाएको छ।

नेपाली पोर्ट नामक अध्यागमन व्यवस्थापन तथा सीमा नियमन प्रणाली झण्डै ६ बर्षअघि सञ्चालनमा आएको थियो भने झन्डै पाँच वर्षपछि मात्र यो प्रणालीमा भुक्तानी सुविधा थपिएको हो। नेपाली भिसाको दुरुपयोग र राजस्व चुहावट रोक्ने उद्देश्यले सुरु गरिएको यो प्रणालीमा नेपाल प्रवेश र बाहिरिने विदेशी नागरिकहरूको बायोमेट्रिक जानकारी, फिङ्गरप्रिन्ट र फोटो समावेश हुन्छ।

इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन जारी भएको मितिबाट ६ महिनासम्मका लागि मान्य रहन्छ ।  आवेदकको राहदानी नेपाल आइपुगेको मितिबाट कम्तीमा ६ महिनासम्म मान्य हुनुपर्छ । गैर-आवासीय नेपाली  परिचयपत्र धारकहरू र १० वर्षभन्दा कम उमेरका बालबालिकालाई शुल्क लाग्दैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com