उत्तर कोरियाद्वारा वायु रक्षा मिसाइल परीक्षण, अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास जारी


प्रकाशित मिति : भाद्र ६, २०८२ शनिबार

उत्तर कोरियाले दुईवटा नयाँ वायु रक्षा मिसाइल परीक्षण गरेको छ। त्यहाँको सरकारी सञ्चार माध्यमले देशका नेता किम जोङ उनको उपस्थितिमा ती मिसाइलको सफल परीक्षण गरिएको बताएको छ।

उत्तर कोरियाले ती हतियारमा “उत्कृष्ट लडाइँ क्षमता” रहेको र “अद्वितीय प्रविधि” प्रयोग गरिएको दाबी गरे पनि यसबारे विस्तृत जानकारी भने दिएको छैन।

उत्तर कोरियाली सञ्चार माध्यमहरूका अनुसार, यो प्रक्षेपणले “ड्रोन र क्रुज मिसाइलसहित विभिन्न हवाई लक्ष्य नष्ट गर्न यी दुई प्रकारका मिसाइल प्राविधिक रूपमा धेरै उपयुक्त छन्” भन्ने प्रमाणित गरेको छ।

यो परीक्षण दक्षिण कोरियाले मंगलबार उत्तर कोरियाली सैनिकहरूलाई चेतावनी स्वरूप गोली चलाएको पुष्टि गरेपछि केही घण्टामै भएको थियो। ती सैनिकहरू केही समयका लागि दुई कोरियाबीचको सैन्य निषेधित क्षेत्र पार गरी दक्षिणतर्फ पुगेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राष्ट्रसंघ कमाण्डका अनुसार करिब ३० जना उत्तर कोरियाली सैनिकले सीमा पार गरेका थिए। यसको जवाफमा प्योङयाङले दक्षिण कोरियामाथि “जानाजानी उक्साउने काम गरेको” आरोप लगाएको छ।

यसैबीच, सोमबारदेखि दक्षिण कोरिया र अमेरिकाले यस क्षेत्रमा ठूलो स्तरको संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार वाशिंगटनमा दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति ली जे म्युंगसँग शिखर बैठकमा बस्ने कार्यक्रम छ।

नवनिर्वाचित राष्ट्रपति लीले आफ्नो चुनावी अभियानमा अन्तर-कोरियाली सम्बन्ध सुधार्ने वाचा गरेका थिए। तर किमकी बहिनीले भने लीको सरकारको मेलमिलाप प्रयासलाई अस्वीकार गरिसकेकी छन्।

यसअघि, यसै महिना किमले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई “सबैभन्दा शत्रुतापूर्ण र भिडन्तपूर्ण” भन्दै निन्दा गरेका थिए। उनले आफ्नो देशको आणविक हतियार भण्डार अझ तीव्र गतिमा विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

गत जनवरीमा उत्तर कोरियाले नयाँ हाइपरसोनिक वारहेडयुक्त मध्यम दूरीको ब्यालिस्टिक मिसाइल परीक्षण गरेको दाबी गरेको थियो।

उत्तर कोरिया विश्वकै सबैभन्दा दमनकारी अधिनायकवादी राष्ट्रमध्ये एक हो, जहाँ किम परिवारले दशकौंदेखि शासन गर्दै आएको छ।

दक्षिण र उत्तर कोरिया सन् १९५३ मा कोरियाली युद्ध अन्त्य भएदेखि विभाजित छन्। दुवै पक्षले शान्ति सन्धिमा हस्ताक्षर नगरेकाले प्राविधिक रूपमा उनीहरू अझै पनि युद्धकै अवस्थामा छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com