न्यू मेक्सिकोमा बन्दुक खरिदमा लगाइएको सात दिने प्रतीक्षा अवधि हटाउन अदालतको आदेश


प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार

अमेरिकाको संघीय अपिल अदालतले न्यू मेक्सिकोमा बन्दुक खरिदमा लागू गरिएको सात दिने प्रतीक्षा अवधि हटाउन आदेश दिएको छ।

संघीय अपिल न्यायाधीशहरूको एउटा प्यानलले अमेरिकाको न्यू मेक्सिकोमा बन्दुक खरिदमा लगाइएको सात दिने प्रतीक्षा अवधिलाई हटाउन आदेश दिएको हो।

अदालतले नागरिकहरूको दोस्रो संशोधनअन्तर्गतको अधिकारमा अतिक्रमण हुने सम्भावना रहेको ठहर गर्दै प्रतीक्षा अवधि हटाउन आदेश दिएको हो। यससँगै, उक्त कानुनलाई दिइएको कानुनी चुनौती समाधान नहुँदासम्म त्यसलाई रोक्ने आदेश दिइएको छ।

अमेरिकाको १०औँ सर्किट अपिल अदालतको निर्णयले यो मुद्दालाई फेरि तल्लो अदालतमा पठाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यू मेक्सिकोको यो प्रतीक्षा अवधि सम्बन्धी कानुन सन् २०२४ मे महिनादेखि लागू भएको थियो। तर, लुकाएर हतियार बोक्ने अनुमतिपत्रधारीलाई भने छुट दिइएको छ।

“बन्दुक राख्ने र बोक्ने अधिकारका अपवादमा ‘कुलिङ अफ’ (मन शान्त हुने) अवधिहरू ऐतिहासिक रूपमा पर्दैनन्,” न्यायाधीश म्याटेसन टिम्कोभिचले भनेका छन्। उनले २-१ मतको विभाजित आदेशमा लेखेका छन्, “यी नियमहरूले दोस्रो संशोधनको दायराभित्र पर्ने अधिकारमा असर पुर्याउँछन्। हामी यो निष्कर्षमा पुग्छौँ कि न्यू मेक्सिकोको ‘वेटिङ पिरियड एक्ट’ असंवैधानिक छ।”

न्यू मेक्सिकोका दुई जना बासिन्दाले मुद्दा दायर गरेका थिए। उनीहरूले घरेलु हिंसाका पीडित तथा अन्यलाई हतियार तुरुन्तै आवश्यक पर्ने अवस्थामा ढिलाइ हुने चिन्ता व्यक्त गरेका थिए।

डेमोक्र्याटिक पार्टीका राज्य सांसदहरूले यो कानुन पारित गरेर हतियार खरिदकर्तामाथि संघीय पृष्ठभूमि जाँच पूरा गर्न पर्याप्त समय मिलोस् भन्ने उद्देश्य राखेका थिए।

डेमोक्र्याट गभर्नर मिसेल लुजान ग्रिसमले पनि उक्त कानुनले राज्यमा बढ्दै गएको अपराध नियन्त्रण गर्न सहयोग गर्ने दाबी गरेकी थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com