इजरायली आक्रमणमा अल जजिराका पाँच पत्रकार मारिए


प्रकाशित मिति : श्रावण २५, २०८२ आईतबार

गाजामा इजरायली आक्रमणमा परी अल जजिराका पाँच जना पत्रकार मारिएका छन्।

गाजा सहरको अल शिफा अस्पताल नजिकै पत्रकारहरूका लागि बनाइएको टेन्टमा इजरायलले गरेको आक्रमणमा उनीहरूको मृत्यु भएको हो।

अल जजिराका अनुसार मृतक पत्रकारहरूमा संवाददाता अनस अल शरीफ, मोहम्मद कुरैकेह, क्यामेराम्यान इब्राहिम जाहेर, मोहम्मद नौफल र मोआमेन अलिवा रहेका छन्।

अल जजिराले यो घटनालाई पत्रकारितामाथिको “स्पष्ट र पूर्वनियोजित आक्रमण” भनेर निन्दा गरेको छ। आक्रमणलगत्तै इजरायली रक्षा बल (आईडीएफ)ले टेलिग्राममार्फत अनस अल शरीफ लाई लक्षित गरी आक्रमण गरिएको पुष्टि गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आईडीएफले उनलाई “हमासको एक आतंकवादी समूहको प्रमुख” भनी आरोप लगाएको छ। तर, अन्य मारिएका पत्रकारबारे भने केही उल्लेख गरिएको छैन।

यो आक्रमणमा कुल सात जनाको मृत्यु भएको अल जजिराले जनाएको छ। सुरुमा चार पत्रकार मारिएको बताए पनि केही घण्टापछि यो संख्या पाँच पुगेको थियो।

अल जजिराका प्रबन्ध सम्पादक मोहम्मद मोवाद का अनुसार अनस अल शरीफ एक मान्यताप्राप्त पत्रकार थिए र युद्धभर गाजाका घटनाबारे संसारलाई जानकारी दिने “एक मात्र आवाज” थिए।

युद्ध सुरु भएदेखि नै इजरायलले अन्तर्राष्ट्रिय पत्रकारहरूलाई गाजामा स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न दिएको छैन, जसले गर्दा धेरै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले स्थानीय पत्रकारमाथि भर पर्नुपरेको छ।

मृत्यु हुनुअघि २८ वर्षीय अल शरीफ ले सामाजिक सञ्जाल ‘एक्स’ मा गाजा सहरमा भइरहेको तीव्र हवाई आक्रमणबारे चेतावनी दिएका थिए। उनको मृत्युपछि प्रकाशित गरिएको एउटा पोस्ट भने उनले पहिले नै लेखेको र एक साथीमार्फत प्रकाशित गरिएको बताइएको छ।

गत महिना मात्रै अल जजिरा मिडिया नेटवर्क, संयुक्त राष्ट्रसंघ र कमिटी टू प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै अल शरीफ को सुरक्षाको लागि आग्रह गरेका थिए।

सीपीजेका अनुसार, अक्टोबर २०२३ मा इजरायलले गाजामा सैनिक आक्रमण सुरु गरेदेखि अहिलेसम्म १८६ जना पत्रकारको मृत्यु भएको पुष्टि भएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com