फ्लोरिडामा आप्रवासी हिरासत केन्द्र निर्माण रोक्न अदालतको आदेश


प्रकाशित मिति : श्रावण २३, २०८२ शुक्रबार

अमेरिकाको फ्लोरिडा एभरग्लेड्समा निर्माण भइरहेको आप्रवासी हिरासत केन्द्र ‘एलीगेटर अलकाट्राज’ मा अस्थायी रूपमा काम रोक्न अदालतले आदेश दिएको छ।

एक संघीय न्यायाधीशले वातावरणीय कानुन उल्लङ्घन भएको हुन सक्ने भन्दै उक्त हिरासत केन्द्रको निर्माण कार्य दुई सातासम्मका लागि रोक्न आदेश दिएकी हुन्।

न्यायाधीश क्याथलिन विलियम्सले जारी गरेको यो अस्थायी आदेशपछि अहिले नयाँ औद्योगिक शैलीका बत्ती, पिच गर्ने काम, भर्न, उत्खनन वा बार लगाउने काम रोकिएको छ। साथै, नयाँ भवन, टेन्ट, डर्मिटोरी वा अन्य आवासीय वा प्रशासनिक संरचना थप्ने कार्य पनि रोकिएको छ।

यो सुविधा दुई महिनाअघि कम प्रयोग हुने धावनमार्ग भएको तालिम विमानस्थलमा छिट्टै बनाइएको थियो। यसमा अस्थायी टेन्ट संरचनामा ३ हजार जनालाई हिरासतमा राख्ने क्षमता छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल केन्द्रमा सयौँ कैदीहरू रहेका छन्, तर न्यायाधीशको आदेशले कार्यरत प्रहरी वा अध्यागमन कार्यमा भने कुनै रोक लगाएको छैन। यो आदेश अस्थायी हो, किनभने मुद्दामा अझै बहस भइरहेको छ।

वातावरण संरक्षण समूह र मिक्कोसुकी आदिवासी समुदायले उक्त परियोजना वातावरणीय संवेदनशील भूभाग र संरक्षित वनस्पति तथा वन्यजन्तुलाई खतरामा पार्ने भन्दै प्रारम्भिक निषेधाज्ञा मागेका थिए। उनीहरूको भनाइमा यसले एभरग्लेड्सको अर्बौँ डलरको वातावरणीय पुनर्स्थापना प्रयासलाई उल्ट्याउनेछ।

फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डिस्यान्टिसका प्रवक्ताले आदेशको आलोचना गर्दै भने, “यसले फ्लोरिडामा अध्यागमन कार्यान्वयनमा कुनै असर गर्दैन। ‘एलीगेटर अलकाट्राज’ सञ्चालनमै रहनेछ र निर्वासन अभियानलाई अझ प्रभावकारी बनाउनेछ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com