पेन्सिल्भेनियामा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार


प्रकाशित मिति : श्रावण २२, २०८२ बिहीबार

अमेरिकाको पेन्सिल्भेनियामा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ। त्यहाँका गभर्नर जोश शापिरोले घटनाको पुष्टि गरेका छन्।

राज्य प्रहरीका अनुसार, दुवै प्रहरी अधिकारीलाई एकै पटक गोली हानिएको हो। गम्भीर घाइते भएका उनीहरू दुवैलाई स्थानीय अस्पताल पुर्‍याइएको छ।

प्रहरी अधिकारीहरूका अनुसार, घटनामा संलग्न संदिग्ध व्यक्तिलाई प्रहरीले गोली हानी मारेको छ।

गोली चलाउनुको कारण वा प्रहरी अधिकारीहरू कुन प्रकारको कलमा गएका थिए भन्ने कुरा भने अझै स्पष्ट भएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो घटना पेन्सिल्भेनियाको स्क्रान्टन सहरबाट करिब ४० माइल उत्तरमा भएको हो। गभर्नर शापिरोले फिलाडेल्फियाबाहिरको एक कार्यक्रममा सहभागी भइरहेका बेला गोलीकाण्डको जानकारी दिएका थिए।

घाइते भएका दुई राज्य प्रहरी अधिकारी जोसेफ पेरेचिन्स्की र विलियम जेन्किन्स हुन्। प्रहरीका अनुसार, गोली लागेपछि उनीहरू गम्भीर घाइते भएका थिए।

राज्य प्रहरीले संदिग्ध व्यक्तिसँग राइफल रहेको बताएको छ। प्रहरीले आदेश पालन गर्न भने पनि ती व्यक्तिले अस्वीकार गरेकाले उनलाई घटनास्थलमै गोली हानी मारिएको प्रहरीको भनाइ छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com