इन्टेलका प्रमुखलाई तत्काल राजीनामा दिन राष्ट्रपति ट्रम्पको आग्रह


प्रकाशित मिति : श्रावण २२, २०८२ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चिप निर्माता कम्पनी इन्टेलका प्रमुख कार्यकारी अधिकृत लिप-बु तानलाई “तत्काल” राजीनामा दिन आग्रह गरेका छन्। उनले तानको चीनसँगको सम्बन्धलाई “समस्याग्रस्त” भन्दै आरोप लगाएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “इन्टेलको प्रमुख कार्यकारी अधिकृत अत्यन्तै समस्याग्रस्त छन् र तुरुन्तै राजीनामा दिनुपर्छ। यस समस्याको अर्को समाधान छैन।”

राष्ट्रपति पदमा रहेका कुनै व्यक्तिले कुनै निजी कम्पनीका प्रमुखलाई यसरी प्रत्यक्ष रूपमा राजीनामाको माग गर्नुलाई दुर्लभ मानिन्छ।

इन्टेललाई पुनः प्रतिस्पर्धी बनाउनका लागि भन्दै लिप-बु तानलाई यस वर्षको मार्चमा इन्टेलको नेतृत्वमा ल्याइएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्टेल अमेरिकी चिप उद्योगको अग्रणी भए पनि हालका वर्षहरूमा आफ्ना प्रतिस्पर्धीहरूभन्दा पछि परेको छ। अमेरिकी सरकारले देशको सेमिकन्डक्टर उत्पादन पुनः निर्माण गर्ने प्रयासका क्रममा इन्टेललाई अर्बौं डलर उपलब्ध गराएको छ।

इन्टेलले एक विज्ञप्ति जारी गर्दै आफूले ट्रम्पको “अमेरिका फर्स्ट एजेन्डा” अनुरूप अमेरिकामा ठूला लगानी गरिरहेको र अमेरिकी राष्ट्रिय तथा आर्थिक सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाएको छ।

मलेसियामा जन्मेर सिंगापुरमा हुर्किएका अमेरिकी नागरिक तान सेमिकन्डक्टर क्षेत्रका एक अनुभवी भेन्चर क्यापिटालिस्ट हुन्।

हालै उनले लगानीकर्तालाई दिएको जानकारीमा कम्पनीले मागअनुसार अमेरिकासहित विभिन्न स्थानमा उत्पादन लगानी घटाउने र यस वर्ष हजारौँ रोजगारी कटौती गर्ने योजना सार्वजनिक गरेका थिए।

ट्रम्पले यसअघि पनि इन्टेललाई आलोचना गरेका थिए र उनी चिप उद्योगमा थप शुल्क लगाउने तयारीमा छन्। तानमाथिको विवाद अमेरिकी रिपब्लिकन सिनेटर टम कोटनको चिठीपछि थप चर्किएको हो।

कोटनले आफ्नो चिठीमा तानको नेतृत्वमा रहेको ‘क्याडेन्स डिजाइन सिस्टम्स’ले अमेरिकाको निर्यात नियन्त्रण कानुन तोड्दै चीनको ‘नेशनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजी’सँग कारोबार गरेको मामिलामा दोष स्वीकार गरी १४० मिलियन डलर जरिवाना तिर्न सहमत भएको घटनालाई उद्धृत गरेका थिए।

इन्टेलले यसअघि तानलाई समर्थन गर्दै उनी र कम्पनी अमेरिकी राष्ट्रिय सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाएको थियो।

ह्वाइट हाउसले ट्रम्पको कदमको बचाउ गर्दै “देशको राष्ट्रिय र आर्थिक सुरक्षाको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध” रहेको र अग्रणी अमेरिकी कम्पनीहरूलाई विश्वास गर्न सकिने नेतृत्व आवश्यक भएको बताएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com