ट्रम्प प्रशासनले अदालतमा भन्यो : ‘दैनिक ३ हजार आप्रवासीहरू पक्राउ गर्न आदेश दिइएको छैन’


प्रकाशित मिति : श्रावण १८, २०८२ आईतबार

ट्रम्प प्रशासनका कानुनी प्रतिनिधिहरूले आप्रवासन गिरफ्तारीका लागि दैनिक कोटा तोकिएको भन्ने दावीलाई अस्वीकार गरेका छन् । उनीहरुले एक नयाँ अदालती कागजातमा यो दाबीलाई अमान्य बनाएका हुन ।

यसअघि ह्वाइट हाउस का अधिकारीहरूले दैनिक कम्तीमा ३ हजार जनालाई गिरफ्तार वा निर्वासन गर्ने लक्ष्य रहेको बताएका थिए।

गएको मे महिनाको रिपोर्ट अनुसार २१ मे मा भएको एक बैठकमा राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार स्टेफन मिलर र होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टि नोएमले आइस अधिकारीहरूलाई दैनिक ३ हजार जना पक्राउ गर्न निर्देशन दिएका भन्ने खबरहरु बाहिर आएका थिए ।

त्यसपछि स्टेफन मिलरले “राष्ट्रपति ट्रम्पको नेतृत्वमा आइस बाट दैनिक कम्तीमा ३ हजार गिरफ्तारीको लक्ष्य राख्न खोजिरहेका छौं ”भनेका थिए । उनले थपेका थिए, “राष्ट्रपति ट्रम्प त्यो संख्या हरेक दिन बढाउँदै लैजाने लक्ष्यमा छन्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी न्याय मन्त्रालयद्वारा दर्ता गरिएको अदालतको दस्तावेजमा होमल्याण्ड सेक्युरिटी विभागले आइस वा यसको कुनै फिल्ड अफिसलाई कुनै संख्या आधारित लक्ष्य वा कोटामा गिरफ्तारी, हिरासत, निर्वासन नतोकिएको दाबी गरिएको छ ।

यो कागजात क्यालिफोर्नियाको दक्षिणी जिल्लामा चलिरहेको एउटा मुद्दासँग सम्बन्धित हो ।

त्यहाँ आप्रवासी अधिकारकर्मीहरूले ट्रम्प प्रशासनमाथि असंवैधानिक रूपमा आप्रवासीहरूलाई लक्षित गरेर लस एन्जलस क्षेत्रमा छापा मारेको आरोप लगाउँदै मुद्दा हालेका छन्।

जुलाईको मध्यमा एक न्यायाधीशले आदेश दिँदै आइस एजेन्टहरूले जातीयता, भाषा {स्पेनिस बोल्ने) वा पेशाको आधारमा मानिसहरूलाई लक्षित गरेर पक्राउ गर्न नपाउने अस्थायी आदेश जारी गरेका थिए ।

यसै मुद्दामा भएको एक सुनुवाइमा न्यायाधीशले न्याय मन्त्रालयका वकिलहरूलाई सोधे, “के अहिलेको प्रशासनको नीति नै दैनिक ३ हजार जनालाई निर्वासन गर्नु हो ?”

राष्ट्रपति ट्रम्पले २०२४ को चुनावी अभियानमा अमेरिका भित्र रहेका १५ देखि २० मिलियनसम्म कागजातविहिन आप्रवासीहरूलाई निशाना बनाउने बताएका थिए ।

२०२२ को तथ्यांकअनुसार हाल अमेरिका भित्र करिब ११ मिलियन कागजातविहिन आप्रवासीहरू छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com