अमेरिकाको मोन्टानामा पूर्व सैनिकले मच्चाए गोलीकाण्ड,४ जनाको मृत्यु
प्रकाशित मिति : श्रावण १७, २०८२ शनिबार
अमेरिकाको मोन्टाना राज्यको अनाकोंडा शहरमा अमेरिकी पूर्वसैनिकले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । एउटा बारमा प्रवेश गरी ती पूर्व सैनिकले गोली चलाउँदा चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन ।
घटनापछि प्रहरीले आक्रमणकारीले प्रयोग गरेको सेतो पिकअप ट्रक फेला पारेको छ । तर आक्रमणकारी अझै फरार छन्।
मोन्टाना क्रिमिनल अनुसन्धान विभागका अनुसार गोलीकाण्ड बिहान साढे १० बजे भएको बारका मालिक डेभिड ग्वेर्डरले बताएका छन् । “उनी बारमा भएका सबैलाई चिन्थे । मलाई लाग्छ उनी मानसिक रूपमा अचानक बिग्रिए।”
अनाकोंडा डियर लज काउन्टी प्रहरीले सामाजिक सञ्जालमार्फत आक्रमणकारीको नाम माइकल पॉल ब्राउन भएको पुष्टि गरेको छ । उनी सशस्त्र र अत्यन्तै खतरनाक भएको बताइएको छ ।
सार्वजनिक अभिलेख अनुसार ब्राउन ओल बार नजिकैकै घरमा बस्थे। अमेरिकी सेनाको प्रवक्ताका अनुसार, ब्राउनले २००१ देखि २००५ सम्म आर्मर क्रूम्यानको रूपमा सेवा गरेका थिए । उनी २००४–०५ मा इराकमा पनि खटिएका थिए।
प्रहरीले “उनी देखिएमा नजिक नजान तत्काल प्रहरीलाई खबर गर्न चेतावनी दिएको छ ।
शनिबार दिउँसो प्रहरीले सार्वजनिक गरेको सीसीटीभी तस्वीरमा ब्राउन कालो हाफ पाइन्ट, नांगो शरीर र खुट्टा, र ढुंगे पर्खालको सहारामा तल झर्दै गरेको देखिन्छन्।
घटना भएको अनाकोंडा शहर दक्षिणपश्चिमी मोन्टानामा अवस्थित, करिब १० हजार जनसंख्या भएको पुरानो तामाको कारखाना क्षेत्र हो । गोलीकाण्ड भएको द ओभल बार सन् १८९३ मा निर्माण गरिएको हो।
पुराना तामाका मजदुरहरूका लागि खोलिएको यो बार अनाकोंडाको “गोसटाउन” नामक क्षेत्रमा अवस्थित छ। प्रहरीले पर्वतीय क्षेत्रतर्फ आक्रमणकारीको खोजी जारी राखेको जनाएको छ।








