रुसको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प, अमेरिकासम्म सुनामीको चेतावनी


प्रकाशित मिति : श्रावण १३, २०८२ मंगलबार

रुसको पूर्वी सुदूर क्षेत्रको तटीय क्षेत्रमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । रुसको पेट्रोपावलोभ्स्क कामचात्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा समुद्रमा यो भूकम्प गएको हो ।

भूकम्पको गहिराई १९ किलोमिटर रहेको अमेरिकी भूगर्भ विभाग ले जनाएको छ। सुरुमा ८.० म्याग्निच्युडको अनुमान गरिएको भए पनि पछि यसलाई ८.८ मा अद्यावधिक गरिएको छ।

भूकम्पपछि अमेरिका तथा प्रशान्त क्षेत्रका धेरै तटीय क्षेत्रमा सुनामीको चेतावनी र निगरानी जारी गरिएको छ । क्यालिफोर्नियाको दक्षिणी सहर हन्टिङ्टन बिच देखि करिब ४० माइल दक्षिण मा सबै समुद्र तट, बन्दरगाह र पियरहरु बन्द गरिएका छन् ।

सहरको दमकल विभागले मानिसहरूलाई समुद्र किनाराबाट टाढा रहन र पानीमा नजान आग्रह गरेको छ । सन फ्रान्सिस्को सहरको आपतकालीन व्यवस्थापन विभागले चेतावनी जारी गर्दै समुद्रतटीय क्षेत्रमा तीव्र र खतरनाक छालहरू आउन सक्ने बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो प्रभाव बन्दरगाह, डक्स र मरीनाहरूमा पनि देखिन सक्ने विभागले बताएको हो । प्यासिफिक सुनामी चेतावनी केन्द्रले हवाई राज्यभरका सबै टापुहरूमा चेतावनी जारी गर्दै जीवन र सम्पत्तिको रक्षा गर्न तुरुन्त कदम चाल्नु आवश्यक भएको बताएको छ ।

पहिलो छाल नै सबैभन्दा ठूलो नहुन पनि सक्ने भन्दै सुनामीको प्रभाव धेरै घण्टा सम्म रहन सक्ने बताएको छ । सुनामीका छालहरूले टापुहरू चारैतिरबाट घेर्ने हुनाले जुनसुकै तट पनि सुरक्षित नहुने बताउदै छालले बोकेको मलबा अझ विनाशकारी हुनसक्ने बताएको हो ।

नेशनल वेदर सर्भिस ले सन फ्रान्सिस्को, सेन पाब्लो बे लगायतको मध्य क्यालिफोर्निया तटीय क्षेत्रमा सुनामी वाच जारी गरेको छ । यसले मानिसहरूलाई सतर्क रहन, सम्भावित रूपमा खाली गर्न तयार रहन र आधिकारिक मौसम जानकारीहरू पालना गर्न सुझाव दिएको छ।

रुसको शक्तिशाली भूकम्पपछि प्रशान्त महासागरको तटीय क्षेत्रमा देखिएको सुनामीको खतरा गम्भीर मानिएको छ । नागरिकहरूलाई तट क्षेत्रबाट टाढा रहन, आधिकारिक सूचना पालना गर्न, र आवश्यक परे सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

अत्यधिक शक्तिशाली भूकम्पपछि प्रशान्त महासागर क्षेत्रभरि सुनामीको जोखिम देखिएको छ । अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन, तट नजिक नजान र स्थानीय आपतकालीन निर्देशनहरू पालना गर्न आग्रह गरेका छन्।

सुनामीको सम्भावित प्रभावका कारण प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। यो भूकम्प सन् २०११ पछि सबैभन्दा शक्तिशाली हो । त्यसबेला जापानको उत्तरपूर्वी क्षेत्रमा ९.०–९.१ म्याग्निच्युडको विनाशकारी भूकम्प आएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com